काठमाडौँ । नेपालमा कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या चार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणपछि अस्पतालमा उपचाररत चारजना स्वस्थ भएर घर फर्किएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष पनि कोभिडको उपचारपछि घर फर्किएको बताउनुभयो । ती सङ्क्रमितको पनि पिसिआर विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएको हो ।
शनिबार साँझ धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत कोभिड सङ्क्रमित ६५ वर्षीया महिलालाई घर पठाइएको थियो । शनिबारै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेकी कोभिड सङ्क्रमित १९ वर्षीया युवती प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किनुभएको थियो ।
अन्य २७ जनाको विभिन्न अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । उनीहरुमध्ये टेकु अस्पतालमा एक, पाटन अस्पतालमा दुई, बाग्लुङ अस्पतालमा एक, धनगढी अस्पतालमा एक, वीरगञ्जमा चार, चितवनको भरतपुर अस्पतालमा दुई र विराटनगरमा १३ जना रहेका छन् । काठमाडौँ बाहिरका अस्पतालमा पनि उपचार भइरहेकाले कोभिड उपचारमा सहजता भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किएका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’ को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’ लाई निरन्तरताको निर्णय गरेको थियो । सरकारले यही वैशाख १८ सम्म सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको छ ।
मन्त्रालयको अद्यावधिक विवरणअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण भएका सङ्ख्या आठ हजार ८१ र र्यापिड डायग्नोष्टिक किटबाट परीक्षणबाट २१ हजार ४८६ गरी जम्मा २९ हजार ५६७ रहेको छ । गत २४ घण्टामा नयाँ परीक्षण दुई हजार १६८ भएका छन् । थप परीक्षणका लागि किटहरु सबै प्रदेशमा पुगिसकेकाले द्रुत परीक्षण बढ्ने मन्त्रालयले जनाएको छ ।
आजसम्म पाँच हजार १८० व्यक्ति क्वारेन्टाइनमा छन् । आइसोलेशनमा रहेका बिरामी १०३ जना रहेका छन् । आइसोलेशनमा रहेकामध्ये उपत्यकाभित्र ५ र बाहिर ९८ जना छन् ।
तस्विर : कोभिड–१९ निको भएर घर फर्किएकी प्रसिद्धि श्रेष्ठ ।