कोभिड–१९ सन्दर्भमा चितवनमा बन्यो मानवअधिकार अवस्था अनुगमन समिति
न्युजभित्तो/७ बैशाख २०७७, आईतवार २०:४५
चितवन। कोभिड–१९ का सन्दर्भमा चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन अनुसार उक्त समिति गठन भएको हो ।
चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा गठित समितिका सदस्यहरुमा नेपाल पत्रकार महासंघ, चितवनका सचिव तीर्थ नेपाल र गैर सरकारी संस्था महासंघ चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी रहनुभएको छ ।
समितिका अध्यक्ष पाठकले आज एक बिज्ञप्ति जारी गरि समितिले कोभिड–१९ का सन्दर्भमा जिल्लामा सरकारबाट भइरहेका कार्यहरु, स्वास्थ्य उपचारको व्यवस्था, आम उपभोक्ताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिकको कर्तव्य लगायतका विषयमा अनुगमन गर्ने जनाउनुभएको छ ।
कोभिड–१९ बाट प्रभावित र अन्यको मानवअधिकारको अवस्थाको अनुगमन गरि स्थानीयस्तरमा देखिएका समस्या समाधानमा सहजीकरण गरि आयोगमा सूचना र तथ्य प्रेषित गर्ने समितिको कार्यबिधि रहेको अध्यक्ष पाठकले जानकारी दिनुभयो । विज्ञप्तिमा वर्तमान जटिल परिस्थितिमा मानवअधिकारका न्यूनतम तथा आधारभूत मूल्यमान्यता कायम राखिराख्न सवै पक्षबाट सहयोगी भूमिका रहने विश्वास व्यक्त गरिएको छ ।