सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनालाई जितेर घर फर्किइन ६५ वर्षिया मनकुमारी (भिडियोसहित)


  •    न्युजभित्तो/६ बैशाख २०७७, शनिबार २२:२९ 
  • बागलुङ । कोरोना भाइरसविरुद्वको लडाईं जितेर बागलुङकी एक बृद्धा १७ दिनपछि घर फर्किएकी छन् । बागलुङ नगरपालिका–३ गौँडाकोटकी ६५ बर्षिया मनकुमारी पौडेल धौलागिरी अञ्चल अस्पताल बागलुङबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । उनलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबि राना मगरले फुल दिएर विदाई गरे ।

    उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनलाई परिवारका सदस्यहरु छोरा चिरञ्जीवि शर्मा, ज्वाईं गुरु प्रसाद कँडेल लगायतले अस्पतालबाट घर लिएर गएका हुन् ।

    गत ४ चैतमा बेल्जियमबाट दोहाहुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती बृद्धामा २० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको थियो । अस्पतालका अनुसार, उनले कठिन परिस्थितीकाबीच कोरोनाको संक्रमणलाई जितेकी छन् । उनमा रहेको स्वासप्रस्वास र उच्च रक्तचापको समस्याबाहेक कुनैपनि औषधि प्रयोग नगरी उनले कोरोनाको संक्रमण जितेकी हुन् ।

    पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज बेलुकी अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको डा. पोखरेलले बताए । डिस्चार्ज भएकी उनलाई केही दिन होम क्वारेन्टाईनमा बस्न चिकित्सकहरुले सुझाएका छन् । ‘मैले पानी धेरै खाएँ, आज नुहाएको सास बढेको छ’ दमको पुरानै समस्या भएकी पौडेलले भनिन् ‘आज बरु गाह्रो भयो अरु दिन त मलाई सबैले सहयोग गर्नुभयो, मैले आत्माबल बढाएरै कोरोना जितेँ ।’ उनले सबैलाई धन्यवाद दिईन् ।

    नेपालमा कोरोना संक्रमण भएर निको हुने उनी तेस्री बनिन् भने सबैभन्दा धेरै उमेरमा कोरोना संक्रमण भएर निको हुने पहिलो संक्रमित हुन् । कोरोना भाइरसको संक्रमणमा परेकी ६५ वर्षीया बृद्धाको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ । उनको सम्पर्कमा आएका केही आफन्त तथा गाउँलेहरुको समेत आरडिटी र थ्रेड स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । सबैको रिपोट नेगेटिभ आएको छ ।

    उनीसँगै बेल्जियमदेखि बागलुङसम्म एकैसाथ यात्रा गरेकी बागलुङकै १९ बर्षिया युवतीको भने अञ्चल अस्पतालमा उपचार चलिरहेको छ । उनको चौथो पटकको थ्रोट स्वाबको नतिजा समेत पोजेटिभ आएकाले उपचारको समयावधी थपिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । उनीसँगै कतारदेखि नेपाल आएकी काठमाण्डौकी १९ बर्षिया प्रसिद्वी श्रेष्ठ २७ दिनपछि आजनै कोरोनालाई जितेर घर फर्किएकी छन् । उनी फ्रान्सबाट कतारहुँदै काठमाडौं आएकी थिईन् । दुवैजनाको ट्रान्जिट पछिको यात्रा कतार एयरवेजमा भएको थियो ।

    यसअघि नेपालमा पहिलो कोभिड–१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिख कोरोना पुष्टि भएको थियो । (ढोरपाटन न्यूज डटकमबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.