१९ वर्षीया युवती र ६५ वर्षीया वृद्धाले जिते कोरोनालाई, प्रधानमन्त्रीको बधाई
न्युजभित्तो/६ बैशाख २०७७, शनिबार २१:३८
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् भने बागलुङकी अर्की एक ६५ वर्षीया वृद्धाले पनि कोरोनालाई जितेकी छन् । काठमाडौँकी ती १९ वर्षीया युवती नेपालकै दोस्रो तथा बागलुङकी महिला छैटौँ कोरोना सङ्क्रमित हुन् ।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती कोभिड निको भएर आज घर फर्किएकी अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।
४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको (डिस्चार्ज गरिएको) डाक्टर भण्डारीले बताउनुभयो ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।
अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिष्चार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो ।
गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो ।
कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौले भन्नुभयो, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज गरेपनि ती महिला अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो सङ्क्रमित हुने बताइएको छ ।
संलग्न तस्विर : कोरोनाभाइरस निको भएकी १९ वर्षीया युवती ।
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएकी काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् भने बागलुङकी अर्की एक ६५ वर्षीया वृद्धाले पनि कोरोनालाई जितेकी छन् । काठमाडौँकी ती १९ वर्षीया युवती नेपालकै दोस्रो तथा बागलुङकी महिला छैटौँ कोरोना सङ्क्रमित हुन् ।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती कोभिड निको भएर आज घर फर्किएकी अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् ।
४८ घण्टामा दुई पटक कोभिड–१९ नेगेटिभ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको (डिस्चार्ज गरिएको) डाक्टर भण्डारीले बताउनुभयो ।
उनलाई २७ दिनसम्म अस्पतालमा उपचार गरेर आज घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरी आइसोलेशनमा उपचार हुँदै आएको थियो । यसअघि चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि सङ्क्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो ।
अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा सङ्क्रमण देखिएको थियो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिनुभएको छ । आज ट्वीट गर्दै उहाँले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर फर्किएकी ती युवतीको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिनुभएको हो ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २७ दिनको उपचारपश्चात् पूर्ण स्वस्थ भई काठमाडौँकी १९ वर्षीया युवती आज घर फर्किएकी हुन् । उनीभन्दा अगाडि एकजना पूर्ण स्वस्थ भई उपचारपश्चात् घर फर्किएका छन् ।
६५ वर्षीया वृद्धाले जितिन् कोरोनालाई
नेपालकी छैटौँ कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिष्चार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिनुभयो ।