काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–४ फूलडाँडामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।
घर पोत्नका लागि माटो खन्ने क्रममा शुक्रबार ढिस्कोले पुरिएर स्थानीय धनबहादुर गोलेकी छोरी २४ वर्षीया अरिना गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो । माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो । उनको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
सो घटनामा परी घाइते भएकी गोलेकै छोरी २० वर्षीया एरिना र १२ वर्षीया सनिषाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । नौ वर्षीया एनिषा गोले भने तालढुङ्गा स्वास्थ्यचौकीमा उपचारपश्चात घर फर्किएकी छन् ।
यसैबीच शुक्रबार बेलुका पाँचखाल नगरपालिका–८ चौउन्न किलोस्थित अरनिको राजमार्गमा सिन्धुपाल्चोकबाट धुलिखेलतर्फ आउँदै गरेको बा११च १५४१ नंको स्कारपियो गाडी सडकबाट तल खस्दा घाइते भएका पाँच जनालाई धुलिखेल अस्पतालमा उपचार गरी त्यहाँबाट काठमाडौँस्थित ओम अस्पतालमा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।
सडकबाट अन्दाजी दुई सय मिटर तल चाखोलामा खसी दुर्घटना हुँदा स्कारपियोमा सवार सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ सुकेधारा बस्ने प्रनिशा खत्री, सोही ठाउँ बस्ने सरिता खत्री, हार्दिक खत्री, काठमाडौँ पेप्सिकोला बस्ने विष्णु पौडेल र भक्तपुर बस्ने शम्भुबहादुर तिमल्सिना घाइते भएको प्रहरीले जनाएको छ । उहाँहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।