सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिकमा सही सूचना नपुगेमा झनै भयावह अवस्था आउँछ : महासंघ उपाध्यक्ष पोखरेल


  •    न्युजभित्तो/५ बैशाख २०७७, शुक्रबार २३:२७ 
  • दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले सङ्कटको समयमा सही सूचना नागरिकसम्म पुगेन भने त्यसले झनै भयावह अवस्था आउने बताउनुभएको छ । उहाँले अनपेक्षित रुपमा भोग्न परेको संकटको समयमा सबै पक्ष अलमलमा पर्दा सूचना आदनप्रदानको प्रक्रियालाई भने सवल बनाउनै पर्नेमा जोड दिँदै भन्नुभयो– ‘सङ्कटको समयमा सही सूचना नागरिकसम्म पुगेन भने त्यसले झनै भयावह अवस्था आउँछ ।’

    संवाद समूले कोरोना सङ्कटको समयमा पत्रकारिता क्षेत्रले भोग्दै आएका समस्या र निर्वाह गर्दै गरेको दायित्वका विषयमा आज आयोजना गरेको भिडियो संवादमा पत्रकार महासंघका उपाध्यक्ष पोखरेलले अहिलेको संकटपूर्ण अवस्थामा सूचना लिन पत्रकारहरुलाई निकै सकस भएको भन्दै सूचनाका स्रोतहरुले समयमै सही सूचना उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो।

    कोरोना भाईरस सङ्क्रमणको सुरक्षा सतर्कता अपनाउँदै सूचना दिने कार्यमा क्रियाशील हुन पत्रकारहरुलाई आग्रह गर्दै उहाँले सूचना सङ्कलन गर्दा अग्रपंक्तिमा रहने पत्रकारका लागि सरकारले परीक्षण गर्ने र पीपीईको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । लकडाउन शुरु भएदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले तीन पटक सम्बोधन गरे पनि पत्रकार महासंघले सरकारसँग राखेका मागका विषयमा सम्बोधन हुन नसकेको उहाँको गुनासो थियो ।

    उपाध्यक्ष पोखरेलले नागरिकको सूचनाको हकको सम्मान गर्दै राज्य र उसका सबै निकायले गरिरहेको गतिविधिका बारेमा नागरिकलाई जानकारी गराइराख्नु पर्नेमा पनि जोड दिनुभयो । “लकडाउन खुलेको भोलिपल्टदेखि यहाँको शैक्षिक क्षेत्र, व्यापारिक क्षेत्र, स्वास्थ्य क्षेत्र, आर्थिक क्षेत्र कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा राज्यले गृहकार्य गर्नुपर्छ,” पोखरेलले भन्नुभयो, ‘त्यो गृहकार्यको जानकारी पाएभने नागरिकमा आशा जाग्छ र केही गर्ने तयारी गर्छन् ।’ यसरी सूचना नपाएमा नागरिकहरुले तनाव लिने अवस्था आउनेतर्फ उहाँले सचेत पनि गराउनुभयो ।

    पत्रकार महासंघ दाङका अध्यक्ष सबीन प्रीयासनले जिल्लामा क्रियाशिल पत्रकारहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेको बताउनुभयो । उहाँले त्यस बाहेक दैनिक छाक टार्न सक्ने अवस्थाका बारेमा पनि दाङका श्रमजीवि पत्रकारहरुको बारेमा चासो लिई रहेको जानकारी गराउनुभयो ।

    सामूदायिक रेडियो प्रसारक संघका प्रदेश ५ संयोजक केपी घिमिरेले जनसरोकारका विषयमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बीचको समन्वयको भूमिका खेल्न संवाद समूहलाई आग्रह गर्नुभयो । वीवीसी नेपाली सेवाकी बसुन्धरा गौतमले पालिकाहरुले सञ्चारकर्मीसँगको समन्वयमा कोरोना भाईरस सङ्क्रमणको सतर्कताका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

    पत्रकारहरु लक्ष्मी आचार्य, रोशनमान श्रेष्ठ र नारायण खड्काले पत्रकारहरुसँग स्वास्थ्य सुरक्षा सामाग्री हुन नसक्दा फिल्ड रिपोर्टिङमा समस्या आएको बताउनुभयो । उहाँहरुले विश्वमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जिल्लामा विदेशबाट झण्डै ३६ सयभन्दा बढी मानिस आएका भएपनि क्वारेन्टाईनमा ४०/५० जना मात्र बसेको अवस्था रहेकोले यसबारेमा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने बताउनुभयो । आम नागरिकलाई ‘आईसोलेसन’ र ‘क्वारेन्टाईन’का बारेमा स्पष्ट जानकारी गराउन आवश्यक रहेको पनि उहाँहरुको भनाई थियो ।

    संवादको सहजीकरण सुशील बस्नेतले गर्नुभएको थियो । संवाद समूहले कोभिड–१९को नियन्त्रण र रोकथामको विषयमा यसअघि पनि विभिन्न पक्षहरुसँग भिडियो कन्फ्रेन्समार्फत संवाद गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.