ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे दुई जहाज
न्युजभित्तो/५ बैशाख २०७७, शुक्रबार ०९:३८
काठमाडौँ । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् ।
व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओबाट उडेका थिए । दुवै जहाज आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अबको केही समयमै जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ ।
चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमको जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।