सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शंकास्पद देखिएपछि चितवनका दुई जनाको नमूना थप परीक्षणका लागि काठमाडौँ पठाईयो


  •    न्युजभित्तो/५ बैशाख २०७७, शुक्रबार ०८:३७ 
  • चितवन । पूर्वी चितवनका दुई जनाको कोभिड १९ को नमूना परीक्षण शंकास्पद देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा परीक्षणका क्रममा दुई वटा नमूना शंकास्पद देखिएपछि काठमाडौँ पठाईएको हो । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दुई जनाको नमूना शंकास्पद देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार शुक्रबार (आज) बिहान ३ बजे सो को नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईएको छ । बुधबार र्‍यापिड डाईग्नोष्टिक टेष्टका क्रममा एक जना महिलाको शंकास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिनदेखि भरतपुर अस्पतालको आईसोलेसनमा राखिएको छ । उनीहरु मध्ये आमा र एक छोराको नमूना शंकास्पद आएको भरतपुर अस्पतालले जनाएको छ ।

    प्रयोगशाला श्रोतका अनुसार उनीहरुको परीक्षण पोजेटिभ देखिएपछि थप पुष्टिका लागि काठमाडौँ पठाईएको हो ।

    उनीहरु अहिले पनि भरतपुर अस्पतालको आईसोलेसनमा रहेका छन् । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए। उनीहरु पूर्वी चितवनको राप्ती नगरपालिकाका बासिन्दा भएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.