सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वैदेशिक रोजगारीमा जोखिममा रहेकाको उद्धार गर्न सरकारलाई सर्वोच्च अदालतको आदेश


  •    न्युजभित्तो/४ बैशाख २०७७, बिहीबार २१:३३ 
  • कालिका खड्का
    काठमाडौँ । सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका नेपालीलाई उद्धार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज विदेशमा रोजगारीका लागि भएका नेपालीलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न अन्तरिम आदेश जारी गरिएको छ ।

    “वैदेशिक रोजगारीमा रहेर अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसङ्ख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्नुपर्छ”, आदेशमा भनिएको छ ।

    सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विनाभेदभाव, विनास्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    कोरोना प्रभावित महामारी फैलिएका मुलुकमा वैदेशिक रोजागरीमा रहेका नेपालीलाई राजदूतावास वा श्रम सहचारीमार्फत कोरोना सङ्क्रमित नेपालीको स्वास्थ्यस्थिति प्रतिवेदन तत्कालै तयार गर्न लगाई विश्वस्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम भेदभावरहित तरिकाले प्राप्त गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक सञ्चार र समन्वय गर्न आदेशमा भनिएको छ ।

    “सरकारले तत्काल केही नगर्दा वैदेशिक रोजगारमा रहेका नेपालीको मानसिक, शारीरिक तथा जीवन मात्र जोखिममा नरही निजमा आश्रित रहेका परिवारको समेत जीवन जोखिममा पुग्न जाने हुँदा नेपाल बाहिर वा नेपालभित्र जहाँ रहे बसे पनि उनको जिम्मेवारी राज्यको प्राथमिकताको विषय हो”, आदेशमा भनिएको छ, “सबै नागरिकको स्वास्थ्य, सुरक्षा वा अन्य आवश्यकताको सम्बोधन गर्नु राज्यको वैध सरोकारको विषय हो ।”

    नेपालको अर्थतन्त्रलाई ठूलो टेवा दिइरहेको वैदेशिक रोजगारीमा रहेका नेपालीले रोजगारी गुमाई अत्यन्त नाजुक, असुरक्षित, अस्वस्थ अवस्थामा बस्नुपरेको उल्लेख गर्दै आदेशमा राज्यले यस्तो अवस्थालाई अनदेखा गर्न नसक्ने उल्लेख छ ।

    “एकातिर उनीहरुमा सङ्क्रमणको जोखिम रहेको छ, अर्कोतिर सङ्क्रमित हुँदा उपचारमा पहुँच छैन”, आदेशमा भनिएको छ, “केही देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको र कतिपय वैदेशिक रोजगारीमा रहेका नेपाली घर फर्काइ दिन आफ्नो सरकार गुहारिरहेका भनी रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुलु हेरेर बस्न सक्ने देखिँदैन ।”

    अदालतले महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको उल्लेख गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट बचाउन आदेशको माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेलले बुधबार सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथिको पहिलो प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.