सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा अत्यावश्यक सामान किन्ने समय बिहान १० देखि ४ बजेसम्म मात्रै


  •    न्युजभित्तो/४ बैशाख २०७७, बिहीबार १६:०५ 
  • चितवन । जिल्लामा अत्यावश्यक वस्तुको खरिद बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ला गरिने भएको छ । जिल्ला सुरक्षा समितिको आज बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठकपछि जारी सूचनामा वैशाख ४ गते मध्यरातदेखि वैशाख १५ गते मध्यरातसम्मका लागि उक्त नियम लागू हुने जनाईएको छ ।

    प्रशासनले खुल्ला गर्ने पाईने पसलहरुको सूची समेत उल्लेख गरेको छ । जसमा औषधि, खानेपानीका जार बेच्ने थोक पसल, ग्याँस डिपो, सञ्चालन अनुमति प्राप्त सवारीलाई मात्र इन्धन भर्न पाउने गरी पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपंक्षीको दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने पसल र डेरी मात्रै सञ्चालन गर्न पाउने जनाईएको छ ।

    यो अवधिमा चल्न पाउने सवारीहरुको पनि प्रशासनले सूचि सार्वजनिक गरेको छ । एम्बुलेन्स, शववाहन, दमकल, राजमार्गमा यात्रा गर्ने मालवाहक सवारीसाधन, भित्री बाटोको हकमा तरकारी, खाद्यान्न, दूध र पशुपक्षीको दाना बोकेका सवारी साधनहरु, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, र ड्यूटी रोष्टर सहित परिचयपत्र वाहक स्वास्थ्यकर्मीहरुका मात्रै सवारी साधन सञ्चालन गर्न पाईने उल्लेख छ । स्वास्थ्यकर्मीको हकमा घरदेखि अस्पतालसम्मको बाटोमा मात्रै प्रयोग गर्न पाउने उल्लेख छ ।

    संक्रामण रोक ऐन २०२० दफा २ तथा स्थानीय प्रशासन ऐनको दफा ६ को उपदफा ३ बमोजिम यो आदेश जारी गरिएको जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.