सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सनसिटी अपार्टमेन्टका दुई सय अन्ठानब्बे जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएन


  •    न्युजभित्तो/३ बैशाख २०७७, बुधबार १८:३० 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका दुई सय ९८ जनाको परीक्षण गरेकोमा कसैमा पनि कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण नभेटिएको जनाएको छ ।

    आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अपार्टमेन्टमा बसेका दुईजनामा मङ्गलबार सङ्क्रमण देखिएपछि त्यहाँ अन्यलाई परीक्षण गर्दा सङ्क्रमण नभेटिएको जानकारी दिनुभयो । बेलायतबाट आई अपार्टमेन्टमा बसेका दुईजनामा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उहाँले र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)मा पोजेटिभ देखिएका एकजनाको रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षण गर्दा सङ्क्रमण नदेखिएको स्पष्ट पार्नुभयो ।

    प्रवक्ता डा देवकोटाले आरडिटी विधिबाट १४ जिल्लाबाहेक सबैमा शुरु गरिएको बताउनुभयो । उहाँका अनुसार प्रदेश नं १ मा सात, २ मा तीन, गण्डकी प्रदेशमा एक, ५ मा एक र कर्णाली प्रदेशमा दुई जिल्लाबाहेक सबैमा आरडिटी विधिबाट परीक्षण शुरु गरिएको छ । उहाँले अहिलेसम्म १५ हजार आठ सयजनामा दुवै विधिबाट नमूना परीक्षण गरिएको बताउनुभयो ।

    यसैगरी पाँच हजार छ सय १४ क्वारेन्टाइन र एक सय १७ जना आइसोलेशनमा रहेका छन् । मोबाइल एपबाट स्वयं मूल्याङ्कन गर्दा १३ जना रेड जोनमा परेको उहाँको भनाइ रहेको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले १५ वटा समूह बनाएर सङ्क्रमितको नजीक रहेकाको परीक्षण गरिरहेको बताउनुभयो । सोही समूहले नै सङ्क्रमित व्यक्तिका नजीक रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ नाम, ठेगाना, यात्राको विवरण लिने उहाँले बताउनुभयो । “समूहबाट नै सङ्क्रमित रहेका नजीकका आफन्त, नातेदार र साथीभाइको कन्ट्रयाक ट्रेसिङ गरिरहेका छाँ”, उहाँले भन्नुभयो, “नजीक रहेकाको स्वाब लिने र अलि टाढा रहेकाको रगतबाट परीक्षण गरेका छौँ ।”

    उहाँका अनुसार बाहिरबाट आएका मानिसको प्लेन चढेको ठाउँको दुई सिटसम्म अगाडि र पछाडि रहेका व्यक्तिमा पनि ट्रेसिङ गरेर परीक्षण गरिएको छ । उहाँले पिसिआरले १४ दिनभित्र सङ्क्रमणको भए÷नभएको पत्ता लगाउने र त्यसपछिको अवधिको परीक्षण आरडिटीले गरिने जानकारी दिनुभयो । उहाँले १४ दिनपछि आरडिटीबाट गरिएको परीक्षणमा पोजेटिभ देखिए अन्यलाई सर्ने सम्भावना कम रहने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.