सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आरडीटी परीक्षणमा एक जनामा ‘रिएक्टिभ’


  •    न्युजभित्तो/३ बैशाख २०७७, बुधबार १६:५५ 
  • चितवन ।  चितवनमा र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा एक जनामा कोभिड–१९ रिएक्टिभ (एन्टिबडी पोजेटिभ) देखिएको छ । पूर्वी चितवनको रत्ननगरस्थित गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको परीक्षणमा एक जनामा कोभिड–१९ रिएक्टिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले जानकारी दिनुभयो ।

    र्‍यापिड टेस्टमा कोभिड–१९ को रिएक्टिभ देखिए लगत्तै ती पुरुषलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ । उहाँका अनुसार ती पुरुष फागुन ३० गते कोरियाबाट आएका हुन् । उनमा कोभिड–१९ को कुनै लक्षण देखिएको छैन ।

    थप परीक्षणका लागि ती युवाको थ्रोट स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको खड्काले जानकारी दिनुभयो ।

    खड्काका अनुसार बुधबार ३९ जनाको र्‍यापिड टेष्ट गरिएको छ भने ३ जनाको स्वाब संकलन गरिएको छ । यस्तै हिजो मंगलबार १८ जनाको र्‍यापिड टेस्ट र ४ जनाको स्वाब मार्फत कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.