कोरोना सङ्क्रमित युवतीको यस्तो आत्मविश्वास : ‘म सञ्चै छु, तपाईंलाई कस्तो छ ?’
न्युजभित्तो/३ बैशाख २०७७, बुधबार १३:४२
तारानाथ आचार्य/खेमराज गौतम बागलुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ ।
गत चैत १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना हुनुभएकी उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँ नेपालकै पाँचौँ सङ्क्रमित हुनुहुन्छ ।
“बिहान उठेर रुममा राखिदिएको खाजा र चिया खाएँ, निको हुँदै छु” आत्मविश्वास बलियो पार्दै उहाँले भन्नुभयो । “म सञ्चै छु, बरु तपाईंहरुलाई कस्तो छ”, मोवाइल फोनमा कुरा गर्दै उहाँले भन्नुभयो– “अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला ।”
झण्डै दुईसाता पुग्न लागेको आइसोलेसन बसाइँबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौँ के हुन्छ ।” स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको दुवै जनाको परीक्षण रिपोर्ट ‘पोजेटिभ’ आएको अस्पताल बताउँछ ।
गत चैत २० गते कोरोना सङ्क्रमणको पुष्टि भएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ । उहाँले पनि एउटै जवाफ दिनुभयो, “रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि । अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु । आत्तिएकी छैन ।” उहाँ नेपालकै छैटौँ सङ्क्रमित महिला हुनुहुन्छ ।
सङ्क्रमित दुवै जनाको अवस्था सामान्य रहेको र उहाँहरु आफैमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका चिकित्सकले बताएका छन्। “हामीले दिएको खानुभएको छ, समस्या केही छैन”, एकजना चिकित्सकले भन्नुभयो “आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन ।”
खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन । एक्लोपनको महसुस हुन नदिन उहाँहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल भन्नुहुन्छ, “प्रक्रियागत हिसाबले नै उहाँहरुलाई अस्पतालले नतिजाको विषयमा जानकारी गराउँछ ।” चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उहाँहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ ।
चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताउनुभयो । “समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर बिस्कुट उहाँहरु भएकै ठाउँमा व्यवस्था गरिएको छ”, डा पोखरेल भन्नुहुन्छ ।
उहाँहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गर्नुभएको छ। आइसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ । सबै चिकित्सक बिरामीको नजिक पुग्दा उहाँहरुमा सन्तुष्टि हुने गरेको अनुभूति चिकित्सकहरु बताउँछन् ।
“उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन”, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ भन्नुहुन्छ, “बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन ।” बागलुङ नगरपालिकामा दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि नगरपालिकाले थप सतकर्ता अपनाउँदै लकडाउनको पालना गर्न नगरवासीमा अनुरोध गरेको छ । रासस
तारानाथ आचार्य/खेमराज गौतम
बागलुङ । आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ । चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ ।