सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड–१९ : सङ्क्रमितको सङ्ख्या बीस लाख नाघ्यो, सङ्क्रमित ३१ प्रतिशत अमेरिकन


  •    न्युजभित्तो/३ बैशाख २०७७, बुधबार १२:५३ 
  • काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोनाभाइरस) बाट बीस लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । पछिल्लो अद्यावधिक गरिएको विवरण अनुसार कोरोनाबाट विश्वमा बीस लाख सात सय २८ मानिस सङ्क्रमित भएका छन् ।

    वल्डवमिटरले सार्वजनिक गरेको पछिल्लो अपडेटअनुसार एक लाख २६ हजार सात सय ७६ जनाको मृत्यु भएको छ । चार लाख ८४ हजार सात सय ८१ जना भने उपचारपछि घर फर्किएका छन् । वल्डवमिटर संयुक्त राष्ट्रसङ्घ (युएन) डब्लुएचओ, खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञ समूह सहभागी संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    कोरोनाभाइरसबाट संयुक्त राज्य अमेरिकामा मात्रै छ लाख १४ हजार दुई सय ४६ मानिस सङ्क्रमित भएका छन् । जुन विश्वभर सङ्क्रमितको सङ्ख्यामा झण्डै ३१ प्रतिशत (३०.७० प्रतिशत) हो । अमेरिकामा कोरोना सङ्क्रमणबाट २६ हजार ६४ मानिसको ज्यान गएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले मृतकमध्ये एक तिहाई न्यूयोर्कका रहेका जनाएको छ ।

    कोरोनाभाइरसबाट इटलीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । इटलीमा यसबाट एक लाख ६२ हजार चार सय ८८ मानिस सङ्क्रमित भएका छन् । त्यस्तै, स्पेनमा १८ हजार दुई सय ५५ जनाको मृत्यु भएको छ । यहाँ एक लाख ७४ हजार ६० जना सङ्क्रमित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.