सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तह प्रमुखलाई मुख्यमन्त्री पौडेलको निर्देशन : लकडाउन प्रभावकारी बनाउनु


  •    न्युजभित्तो/२ बैशाख २०७७, मंगलवार १९:४८ 
  • हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्रका स्थानीय तहका प्रमुखहरुलाई लकडाउन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले आज स्थानीय तहका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समार्फत कुराकानी गर्दै वडासँग समन्वय गरेर आवश्यक सामग्री वडाभित्र व्यवस्था गरी लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

    मुख्यमन्त्री पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले कोरोनाभाईरस सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि देशमा जारी रहेको लकडाउनको अवस्थाका विषयमा चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसी, मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती र सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोनसँग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्नुभएको थियो।

    स्थानीय तहका प्रमुखहरुसँगको कुराकानीमा मुख्यमन्त्री पौडेलले सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभावकारी हुने बताउनुभयो । यो महामारीबाट बच्न सरकार आवश्यक परेको अवस्थामा निर्मम हुनु पनि जरुरी रहेको देखिएको उहाँको भनाई थियो । सरकारले आवश्यकताअनुसार राहत उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो ।

    स्थानीय तहले मात्र राहत वितरण गर्नुपर्ने बताउँदै मुख्यमन्त्री पौडेलले यसका लागि एकद्वार नीति अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साँच्चै मर्का परेकालाई मात्र राहत दिने वातावरण बनाउनुस्, राहत पाउनुपर्नेकहाँ राहत पुर्याउन प्रदेश सरकारले सहयोग गर्छ ।”

    कृषि क्षेत्रको समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै उहाँले कृषि उपज विक्रिको व्यस्थापन सहज बनाउन सरकारले किसानलाई सहयोग गर्ने पनि बताउनुभयो । भौतिक दूरी कायम गरी कृषि उत्पादनमा सहभागी हुन सकिने उहाँले बताउनुभयो । उहाँले खेती गर्ने समय नजिक आएकोले बिउबिजन, मलका लागि समन्वय गर्न स्थानीय तहलाई आग्रह गर्दै यो कार्यमा प्रदेश सरकारले तयारी सुरु गरेको जानकारी दिनुभयो ।

    दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक वस्तुलाई सहज वितरणमा स्थानीय तहले समन्वय गर्नुपर्ने पनि मुख्यमन्त्री पौडेलले बताउनुभयो । उहाँले कोरोनाभाइरसबाट बच्न लकडाउन प्रभावकारी बनाउनुको विकल्प नभएको र यो नै आवत जावत रोक्ने अन्तिम अस्त्र रहेको बताउनुभयो ।

    मुख्यमन्त्री पौडेलले बुधबार चितवनको भरतपुर र माडी नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईंकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको वाह्रविसे नगरपालिकाका प्रमुखहरुसँग भिडियो कन्फ्रेसमार्फत छलफल गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.