सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना संक्रमणको पुष्टि, सङ्क्रमित ८१ वर्षिया महिला र ५८ वर्षिय पुरूष


  •    न्युजभित्तो/२ बैशाख २०७७, मंगलवार १३:४२ 
  • काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट पाटन अस्पतालमा लगेर भर्ना गरिएका एकै परिवारका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । सोही परिवारका अर्का एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

    तीन जनामध्ये ८१ वर्षिया महिला र ५८ वर्षिय पुरूषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु आमा छोरा हुन् । सो परिवारकी बुहारीको भने पहिलो परीक्षणमा कोभिड–१९ नदेखिएको मन्त्रालयले जनाएको छ ।

    चैत ५ गते लण्डनबाट काठमाडौँ आएका उनीहरूको सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब सङ्कलन गरिएको थियो । पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ रिपोर्ट देखिएको मन्त्रालयले जनाएको छ ।

    उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको र उनीहरूसँग संलग्नको कन्ट्याक ट्रेसिङसमेत सुरू भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

    ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ गर्दा कोरोना संक्रमणको आशंका देखिएपछि सनसिटी अपार्टमेन्ट प्रहरीले हिजोदेखि ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कन पाउने छैनन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको बताउनुभयो । सनसिटी अपार्टमेण्टमा ए, बी, जे, एच र आई गरी अपार्टब्लकहरू छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.