काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर दुई देशका सरकारबीच औषधि तथा अन्य उपकरण खरिदमा सहयोग र समन्वयका निम्ति अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले अपनाएका उपाय तथा त्यसको द्रुत परीक्षणका लागि नेपालभर औषधि र उपकरणको व्यवस्था गर्नुपर्ने भएकाले सरकार–सरकार (जीटुजी) आधारमा औषधि, उपकरण खरिदमा सहयोग र सहजीकरणका लागि मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको हो ।
अत्यावश्यक दैनिक उपभोग्य सामग्री र औषधिजन्य वस्तुहरु सहजरूपमा नेपालतर्फ आपूर्ति गर्न नेपाल–चीन सीमानाका पुनः खोल्न चीन सरकार सहमत भएकामा उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर औषधि, उपकरण उपलब्ध गराएकामा त्यसको सराहना गर्नुभयो । मन्त्री ज्ञवालीले नेपालमा रहेका चिनियाँ नागरिकको हित र हेरचाहमा पनि सरकारले ध्यान दिने बताउनुभयो ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन नेपाल सरकारले तत्काल चालेको सुदृढ कदमको चिनियाँ विदेशमन्त्रीले प्रशंसा गर्दै त्यसमा आफ्नो देशको सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सरकार–सरकार (जीटुटी) बीच औषधि, उपकरण खरिदमा सहजकर्ताको भूमिका निर्वाह गर्ने बताउनुभयो । चीनमा कोरोनाको महामारी फैलिएका बेला नेपाल सरकारले व्यक्त गरेको ऐक्यबद्धता र सहयोगका लागि चीन सरकार र आफ्नो देशका जनताका तर्फबाट धन्यवाद दिनुभयो ।
दुवै देशका विदेशमन्त्रीले विद्यमान द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउनेबारेमा पनि विचारविमर्श गर्नुभएको थियो ।