सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन


  •    न्युजभित्तो/१ बैशाख २०७७, सोमबार २०:४२ 
  • काठमाडौँ । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बुँदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आज जारी गर्नुभएको निर्देशनमा कोरोना भाइरसको महामारीको विशेष अवस्था भएकाले जीवनको सुरक्षाप्रति विशेष संवेदनशीलता अपनाई विवेक र बुद्धिमत्ताको प्रयोग गर्न आफ्नो, सहकर्मी, सेवाग्राहीको हित र स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता अपाउन भनिएको छ ।

    कामका सिलसिलामा अदालत परिसरमा बस्दा दूरी कायम गर्न र भीड नगरी सावधानी अपनाउनुपर्ने, मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा ७३ बमोजिम बढीमा तीन प्रतिवेदन उपरमात्र एउटा इजलासबाट सुनुवाइ गर्न निर्देशन रहेको छ । मुद्दामा बहसका लागि पक्षका कानून व्यवसायीले अधिकतम २० मिनेट समय दिने, थप बुँदा भएमा लिखित रुपमा पेश गर्नुपर्ने, कुनै कानून व्यवसायी आफैँ उपस्थिति नभई इमेल वा भिडियो कन्फरेन्सबाट बहसको बुँदा प्रस्तुत गर्ने वातावरणको व्यवस्था गर्नुपर्ने रहेको छ ।

    अदालतमा प्रवेश गर्ने सबैका लागि पञ्जा, सानिटाइजर, मास्कको अनिवार्य प्रयोग गर्न लगाउने, संयुक्त इजलासमा बस्ने न्यायाधीशहरुबीच र अरू मुद्दाका सरोकारवालाबीचको दुरी सम्भव भएसम्म एक मिटरभन्दा बढी कायम राख्ने व्यवस्था गर्ने र सवारी साधनको भीडभाड नगरी अलगअलग राख्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

    पक्राउ पुर्जीको समर्थन, म्याद थप कार्य अदालत खुलेको पहिलो समय बिहान ११ बजेअघि वा बेलुकी ३÷४ बजेपछिको समयमा गर्ने गरी व्यवस्था मिलाउनुपर्ने र चारजना वा सोभन्दा बढी न्यायाधीश भएको जिल्ला र उच्च अदालतमा पालोपालो गरी एक दिनमा बढीमा ५० प्रतिशत न्यायाधीश र सोहीअनुसार न्यूनतम सङ्ख्यामा कर्मचारी उपस्थित रहने व्यवस्था मिलाउन भनिएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले गरेको निर्णयअनुसार अदालत सो निर्देशन जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.