सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सन सिटी अपार्टमेन्ट प्रहरीद्वारा ‘सिल’, आशंकितको स्वास्थ्य सामान्य


  •    न्युजभित्तो/१ बैशाख २०७७, सोमबार २०:२९ 
  • देबबहादुर कुँबर
    काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–१३ काँडाघारीस्थित सन सिटी अपार्टमेन्ट प्रहरीले ‘सिल’ गरेको छ । सिल अवधिसम्म अपार्डमेण्टमा बस्नेहरू आफूखुशी बहिर निष्कने पाउने छैनन्।

    सन सिटी अपार्टमेण्टको एबी ब्लकको १५ तलामा बस्ने एकै परिवारका आमा, छोरा र बुहारीको ‘र्यापिड डाइग्नोस्टिक टेस्ट’ गर्दा कोरोना संक्रमणको आशंका देखिएपछि प्रहरीले पुरै अपार्टमेण्ट नियन्त्रणमा राखेको छ ।

    शंकास्पद ब्यक्तिहरूलाई आवश्यक परीक्षण तथा उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले अपार्टमेण्टमा आवतजावत पूर्णरुपमा रोक लगाइएको बताउनुभयो । सन सिटी अपार्टमेण्टमा ए–बी, जे, एच र आई गरी अपार्टब्लकहरू छन् ।

    संक्रमणको आशंका गरिएकाहरु एक महिनाअघि चैत ५ गते बेलायतको राजधानी लण्डनबाट नेपाल फर्किएका हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले बताउनुभयो ।

    आमा, छोरा र बुहारी तीनैजनालाई विशेष एम्बुलेन्सबाट पाटन अस्पताल पुर्याइ कोरोना आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले शंकास्पद ब्यक्तिको पिसिआर विधिबाट पुनः परीक्षण गरिने जनाएको छ । गोरखापत्र अनलाईनबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.