चितवनमा क्वारेन्टाइनमा बसेकाको र्यापिड परीक्षण तीव्र
न्युजभित्तो/१ बैशाख २०७७, सोमबार १८:३६
नारायण अधिकारी चितवन । चितवनमा विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको र्यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित ६ सय २१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाको परीक्षण शुरु गरिएको हो ।
उहाँले कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो । अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेका छन् । उनीहरुले पनि काम थालेको जानकारी प्राप्त भएको छ । हालसम्म सबै स्थानीय तहमा गरिएका परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिएमा पिसिआर परीक्षण गरिनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मङ्गलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका ६ सय २१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना रहेका छन् । अरु सबै घरको क्वारेन्टाइनमा रहेका छन् ।
भट्टराईले आरडिटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबै क्वारेन्टाइनबाट मुक्त हुने जानकारी दिनुभयो । रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिएमा पिसिआरका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको छ ।
यसैबीच मठ, मन्दिर, गुम्बा, चर्च जस्ता धार्मिकस्थलमा अनुगमन तीव्र पारिएको छ । लकडाउनपछि ती स्थलमा बाहिरबाट मानिस आएर बसेको हुनसक्ने भन्दै अनुगमनलाई तीव्रता दिइएको हो । भट्टराईले त्यस्ता स्थलमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भएमा तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गर्नुभएको छ ।
आइतबार दिउँसोबाट धार्मिक सङ्घसंस्थाको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ । ती ठाउँमा समूहमा रहेको भेटिएमा सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । धार्मिकस्थलमा समूहमा गरिने नियमित पूजा र प्रार्थनालाई हालका लागि रोक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
कोरोना अस्पतालको व्यवस्थापन जिम्मा भरतपुर अस्पताललाई कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको अगुवाइमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको व्यवस्थापन आजदेखि भरतपुर अस्पतालले हेर्न शुरु गरेको छ । सो अस्पतालमा अन्य स्वास्थ्य सङ्घसंस्थासँग केही समयका लागि ल्याएका सामानबाहेक सम्पूर्ण सामग्री अब भरतपुर अस्पतालको हुने भएको छ ।
भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सो अस्पतालको व्यवस्थापन हेर्ने सम्बन्धमा सम्झौता भएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार अस्पतालको नाम भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल नै रहनेछ । नामको माथि भरतपुर महानगरपालिकाबाट स्थापित र भरतपुर अस्पतालबाट सञ्चालित लेखिएको छ ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल संयोजक रहेको भरतपुर कोरोना नियन्त्रण कार्यदलको अगुवाइमा चैत ७ गते अस्पताल शुरु भएको थियो । सो अस्पतालमा हालसम्म कोरोना आशङ्का गरिएका ३ सय ५५ जनाको उपचार गरिसकिएको छ । कार्यदलका सदस्य सचिव एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष अधिकारीका अनुसार एक सय ४३ जनालाई भर्ना गरेर सो अस्पतालले उपचार गरेको छ ।
जसमध्ये दुई सय दुई जनाको स्वाब परीक्षण गरिएको र सबैको नतिजा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका प्रमुख दाहालले चैत मसान्तसम्मको सम्पूर्ण खर्च महानगरपालिकामार्फत भूक्तानी हुने र अबको व्यवस्थापन भरतपुर अस्पतालले गर्ने बताउनुभयो । तत्काल अस्पताल आवश्यक भएकाले महानगरको अगुवाइ ७२ घण्टाभित्र कोरोना अस्पताल स्थापना गरिएको भन्दै उहाँले अरु केही समय सञ्चालन गर्नुपर्ने देखिएपछि व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले यसको सम्पूर्ण जिम्मेवारी भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको बताउनुभयो ।
भरतपुर अस्पताल विकास समितिका सदस्यसमेत रहनुभएकी दाहालले अबको सञ्चालनका क्रममा कुनै समस्या आइपरेमा महानगरले सहयोग गर्ने बताउनुभयो ।
कोरोना अस्पतालमा ५० साधारण श्यया, १० एचडियु श्यया र १० श्ययाको सघन उपचार कक्ष रहेका छन् । भरतपुर अस्पताल छ सय श्ययाको सङ्घीय अस्पताल हो । जुन कोरोना अस्पताल नजिकै रहेको छ । भरतपुर अस्पतालले आइसोलेसनमा राख्नुपर्ने बिरामीलाई कोरोना अस्पतालमा राख्ने र जटिल बिरामीलाई भरतपुर अस्पतालमा नै राखेर उपचार गर्ने जनाएको छ । कोरोना रोगको उपचारकै लागि नेपालमा पहिलोपटक भरतपुरमा कोरोना विशेष अस्पताल स्थापना गरिएको थियो । रासस
नारायण अधिकारी
चितवन । चितवनमा विदेशबाट आएर क्वारेन्टाइनमा रहेकाको र्यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) तीव्र पारिएको छ । जिल्लामा ३० जना सार्वजनिकसहित ६ सय २१ जना होम क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार विदेशबाट आएर घरको र सार्वजनिक क्वारेन्टाइनमा १४ दिन पूरा गरेकाको परीक्षण शुरु गरिएको हो ।
उहाँले कालिका नगरपालिकामा रहेका ३९ जनाको परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो । अन्य स्थानीय तहले आइतबार परीक्षण किट बुझेर लगेका छन् । उनीहरुले पनि काम थालेको जानकारी प्राप्त भएको छ । हालसम्म सबै स्थानीय तहमा गरिएका परीक्षणको नतिजा नेगेटिभ आएको छ ।
परीक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात् शरीरमा भाइरस भएको देखिएमा पिसिआर परीक्षण गरिनेछ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार मङ्गलबारसम्ममा सार्वजनिक र घरको क्वारेन्टाइनमा रहेका ६ सय २१ जनाको परीक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्वजनिक क्वारेन्टाइनमा ३० जना रहेका छन् । अरु सबै घरको क्वारेन्टाइनमा रहेका छन् ।
भट्टराईले आरडिटी परीक्षणमा नेगेटिभ देखिएसँगै सबै क्वारेन्टाइनबाट मुक्त हुने जानकारी दिनुभयो । रत्ननगर र माडी नगरपालिकामा परीक्षणका क्रममा रियाक्टिभ देखिएमा पिसिआरका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्रीसमेत पठाइएको छ ।
यसैबीच मठ, मन्दिर, गुम्बा, चर्च जस्ता धार्मिकस्थलमा अनुगमन तीव्र पारिएको छ । लकडाउनपछि ती स्थलमा बाहिरबाट मानिस आएर बसेको हुनसक्ने भन्दै अनुगमनलाई तीव्रता दिइएको हो । भट्टराईले त्यस्ता स्थलमा समूहमा नबस्न र लकडाउनपछि कोही आएको जानकारी भएमा तत्काल स्थानीय प्रशासनलाई खबर गरिदिन पनि आग्रह गर्नुभएको छ ।
आइतबार दिउँसोबाट धार्मिक सङ्घसंस्थाको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ । ती ठाउँमा समूहमा रहेको भेटिएमा सार्वजनिक क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ । धार्मिकस्थलमा समूहमा गरिने नियमित पूजा र प्रार्थनालाई हालका लागि रोक्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
कोरोना अस्पतालको व्यवस्थापन जिम्मा भरतपुर अस्पताललाई
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि भरतपुर महानगरपालिकाको अगुवाइमा यहाँ स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको व्यवस्थापन आजदेखि भरतपुर अस्पतालले हेर्न शुरु गरेको छ । सो अस्पतालमा अन्य स्वास्थ्य सङ्घसंस्थासँग केही समयका लागि ल्याएका सामानबाहेक सम्पूर्ण सामग्री अब भरतपुर अस्पतालको हुने भएको छ ।