थप दुई जनामा कोरोना सङ्क्रमण फेला, नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या १४ पुग्यो
न्युजभित्तो/१ बैशाख २०७७, सोमबार १८:००
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड –१९) को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक/एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
यससँगै नेपालमा १४ जना कोरोना सङ्क्रमित भएको पाइएको छ । उनीहरु दुवै भारतबाट आएको जनाइएको छ । उहाँले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुलाई सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
सङ्क्रमितमध्ये रौतहटका १९ वर्षीय पुरुष तथा लम्कीकी ६५ वर्षीया महिला हु्न । ती महिला भने लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेकी छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ र काठमाडौँमा दुईदुई तथा रौतहटमा एक र पर्सामा तीन कोरोना सङ्क्रमित फेला परेका छन् ।
बाउन्न जिल्लामा कोभिडको नमूना परीक्षण
सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिनुभयो । अहिले पिसिआरबाट देशभरिमा ११ स्थानमा परीक्षण भइरहेको छ । उहाँले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताउनुभयो ।
उहाँका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९ सय ८२ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआरबाट पाँच हजार ६ सय ९१ र र्यापिड डाइग्नोष्टिक टेष्टबाट पाँच हजार २ सय ९१ जनाको परीक्षण गरिएको छ । पिसिआरबाट गरिएको परीक्षणमा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार हजार ४ सय ३१ र उपत्यकाबाहिर एक हजार २ सय ५९ परीक्षण गरिएको छ । आजै मात्र काठमाडौँमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।
यसैगरी प्रवक्ता डा देवकोटाले पर्सामा कोभिड–१९ सङ्क्रमितका आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिनुभयो । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।
पर्साको छपकैया टोलमा रहेका ५९ जनाको र्यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको र्यापिड किटबाट परीक्षण शुरु भएको उहाँले जानकारी दिनुभयो ।
दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।
यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफै परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् । अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौँमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् ।