वीरगञ्जको मस्जिदमा आएर बसेका तीन भारतीयमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि
"नेपालमा सङ्क्रमितको सङ्ख्या १२ पुग्यो "
न्युजभित्तो/३० चैत्र २०७६, आईतवार १०:२७
काठमाडौँ । भारतबाट आएर वीरगञ्जको एक मस्जिदमा बसेको अवस्थामा भेटिएका तीन जना भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोरोनाभाइरस देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनीहरुको स्वाब नमुनामा कोरोनाभाइरस भेटिएको पुष्टि भएको हो ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्रोतले उनीहरुको स्वाब नमुनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमितको सङ्ख्या १२ जना पुगेको छ । लगातार छ दिनसम्म सङ्क्रमण नदेखिएकोमा सातौँ दिनमा नयाँ तीन व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको हो ।
ती तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमणको लक्षण देखिएपछि वीरगञ्जको छपकैयास्थित मस्जिदबाट नारायणी क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगेर राखिएको थियो । उनीहरुले आफूहरु चार महिनादेखि नेपालमा रहेको भनेर चिकित्सकसँग झुटो कुरा बताएका थिए । स्थानीय वासिन्दाले उनीहरु हप्तादिन अघि मात्र मस्जिदमा आएको जानकारी गराएका छन् ।
कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएपछि ती सङ्क्रमितहरुलाई राखिएको नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ। हिजो साँझदेखि उनीहरुसँगै छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्मप्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ। उनीहरुलाई स्थानीय सिद्धार्थ माविको क्वारेन्टाइनमा सारिएको छ। बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी क्षेत्रीय अस्पतालमा स्वाब नमुना दिनका लागि गएका थिए ।