सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुत्केरी गराउन भरतपुर अस्पताल सुरक्षित, संक्रमणको अफवाह फैल्याईयो


  •    न्युजभित्तो/२७ चैत्र २०७६, बिहीबार १७:२० 
  • भरतपुर । उपत्यका बाहिर सबैभन्दा धेरै सुत्केरी सेवा दिने भरतपुर अस्पतालमा यतिबेला सुत्केरी सेवा लिनेहरुको संख्या क्रमिक रुपमा घट्दो क्रममा रहेको छ । यहाँका निजी अस्पतालहरुले भरतपुर अस्पतालमा कोरोना संक्रमणको डर हुने अफवाह फैलाएर बिरामी निजी लैजाने गरेको गुनासो बढेको छ । ज्वारो लगायतका अन्य बिरामीलाई सेवा दिन हिच्कचाईरहेका निजी अस्पतालहरुले सुत्केरी सेवा दिन भने तछाड मछाड गरिरहेका छन् ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गतवर्ष फागुनमा ८ सय ९० जनाले प्रसुती गराएको भरतपुर अस्पतालमा यस वर्षको फागुनमा १ हजार ११ जनाले प्रसुती गराए । चैत महिनाको २६ गतेसम्म ६ सय ४१ जनालाई भरतपुर अस्पतलाले प्रसुती गराएको छ । जसमध्ये १ सय ८९ जनाले शल्यक्रिया गराएका छन्् । गत वर्ष चैत महिनामा ८ सय ३५ जनाले प्रसुती गराएकोमा २ सय ४७ जनाको शल्यक्रिया गरिएको थियो ।

    भरतपुर अस्पतालमा निःशुल्क प्रसुती सेवा दिईन्छ । तर यही सेवाका लागि निजी अस्पतालहरुमा चर्को शुल्क असुल्ने गरिन्छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमणको त्रास देखाएर निजीमा बिरामी भर्ने गरिएको छ । भरतपुर अस्पतालका स्त्री तथा प्रसुती रोग बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेल भरतपुर अस्पतालको प्रसुती बिभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित रहेको बताउनुहुन्छ । सुत्केरी गराउन आउनेको संख्या घटेको भन्दै उहाँले यहाँको जस्तो सुबिधा अन्यत्र सम्भवै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमै हाम्रो सेवा उत्कृष्ट छ । अन्यत्र दाँज्नै मिल्दैन ।” कोरोना रोगको डर मान्नुपर्ने अबस्था नरहेको उहाँले दोहो¥याउनु भयो । छुट्टै प्र्रबेशद्वार सहितको भवन र सेवा दिईने भएकाले अस्पतालभित्र आउन डराउनु नपर्ने उहाँको भनाई छ ।

    अस्पतालमा गत वर्ष भरिमा १३ हजार ५ सय ४५ जनाको सुत्केरी गराईएको थियो । यस वर्ष फागुन मसान्तसम्म यो संख्या ९ हजार ७ सय २८ छ । अस्पतलामा जन्मिसकेपछि बच्चाको उपचार गर्ने बिज्ञ समूह एवं सघन उपचार कक्ष हुनाले सुत्केरी गराउन थप आकर्षण हुने गरेको पाईन्छ । अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीले पनि आफ्नो श्रीमती लगायत आफन्तको प्रसुती गराउन भरतपुर अस्पताल ल्याउने गरेका छन् ।

    अस्पतालका बालरोग बिशेषज्ञ डा. युवानिधि बस्यौलाले अस्पतालमा १२ शैयाको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर, १५ शैयाको नबजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाई रहेको जानकारी दिनुभयो । सघन उपचार कक्षमा दैनिक रु १ हजार लिईन्छ भने अन्य सबै सेवा निःशुल्क रहेको छ । सघन उपचार कक्षमा निजीमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ ।

    प्रसुती गृह पछि नेपालमै भरतपुर अस्पतालमा धेरै प्रसुती गराउने गरेको तथ्याङ्क छ । अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पतालमा उपचार गराउन आउने जो कसैलाई कोरोनो संक्रमणको कुनै जोखिम नरहेको भन्दै छुट्टै भवनमा प्रसुती बिभाग भएकाले कुनै समस्या नभएको बताउनुभयो । उहाँले आफुले पनि अफवाह फैलाएको भन्ने सुनेको बताउनुभयो । अस्पताल भित्रबाट बाहिर बिरामी पठाएको र पठाउने आशय समेत प्रकट गर्नेहरुमाथि अनुसन्धान गरेर कारवाही गर्ने उहाँले बताउनु भयो ।
    भरतपुर अस्पताल गतवर्षदेखि केन्द्रीय अस्पताल बनेको छ । जहाँ चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष अस्पतालमा ३ लाख भन्दा बढीले सेवा लिएको जनाईएको छ । अस्पतालमा ६ सय शैया छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.