भरतपुर अस्पताललाई एक हजार शय्याको बनाइने, मेडिकल कलेजको रुपमा विकास गरिने
न्युजभित्तो/२५ चैत्र २०७६, मंगलवार २१:३४
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर अस्पतालको ५७ औं वार्षिकोत्सवको अवसरमा उहाँले भन्नुभयो “अस्पताललाई स्तरोन्नती गरि एक हजार शैय्याको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।”
भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सव मंगलबार अस्पतालको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर मनाईएको छ । संघीय अस्पताल बनेर विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भएपनि कोरोना संक्रमणको जोखिमका कारण प्रत्यक्ष प्रसारण मार्फत अस्पतालका धारणा सार्वजनिक गरि वार्षिकोत्सव मनाइएको जनाइएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीहरुको उचित व्यवस्थापन गरिने पनि बताउनुभयो । केन्द्रीय अस्पताल भएकोले यस क्षेत्रको स्वास्थ्य संस्थाहरुको अभिभावकत्व ग्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने कार्यमा कटिवद्ध रहेको उहाँले बताउनुभयो ।
त्यस अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गत सात महिनामा बहिरंगतर्फ दुई लाख २० हजार विरामीलाई सेवा दिईएको, आकस्मिक कक्षमा ३० हजार आठ सय ३३ जनाको उपचार गरिएको र दुई हजार दुई सय ५१ जनाले भर्ना भएर सेवा लिएका जानकारी गराउनुभयो । देशैभरका विरामी आउने गरेका भए पनि चितवन सहित १९ जिल्लाका विरामीको संख्या धेरै रहेका उहाँले बताउनुभयो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार विसं २०१३ सालमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आई पुगेको हो । अस्पतालको वार्षिकोत्सवमा पाहुनाहरु बोलाएर चिकित्सक, कर्मचारीलाई सम्मान, पुरस्कृत गर्ने, स्मारिका प्रकाशित गर्ने जस्ता गतिबिधिहरु हुने भए पनि कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष फेसबुकबाट प्रत्यक्ष प्रसारण गरि वार्षिकोत्सव मनाईएको पौडेलले जानकारी दिनुभयो । यतिबेला भरतपुर अस्पताल कोरोना रोगको नियन्त्रण र उपचारको तयारीमा जुटिरहेको छ ।
चितवन । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गरिने बताउनुभएको छ । भरतपुर अस्पतालको ५७ औं वार्षिकोत्सवको अवसरमा उहाँले भन्नुभयो “अस्पताललाई स्तरोन्नती गरि एक हजार शैय्याको बनाएर मेडिकल कलेजको रुपमा विकास गरिने छ ।”
भरतपुर अस्पतालको ५७ औँ वार्षिकोत्सव मंगलबार अस्पतालको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेर मनाईएको छ । संघीय अस्पताल बनेर विकास समितिले समेत पूर्णता पाएको अवस्थामा विगतको भन्दा विशेष कार्यक्रम गर्ने तयारी गरिएको भएपनि कोरोना संक्रमणको जोखिमका कारण प्रत्यक्ष प्रसारण मार्फत अस्पतालका धारणा सार्वजनिक गरि वार्षिकोत्सव मनाइएको जनाइएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. अधिकारीले अस्पतालमा कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीहरुको उचित व्यवस्थापन गरिने पनि बताउनुभयो । केन्द्रीय अस्पताल भएकोले यस क्षेत्रको स्वास्थ्य संस्थाहरुको अभिभावकत्व ग्रहण गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने कार्यमा कटिवद्ध रहेको उहाँले बताउनुभयो ।
त्यस अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले गत सात महिनामा बहिरंगतर्फ दुई लाख २० हजार विरामीलाई सेवा दिईएको, आकस्मिक कक्षमा ३० हजार आठ सय ३३ जनाको उपचार गरिएको र दुई हजार दुई सय ५१ जनाले भर्ना भएर सेवा लिएका जानकारी गराउनुभयो । देशैभरका विरामी आउने गरेका भए पनि चितवन सहित १९ जिल्लाका विरामीको संख्या धेरै रहेका उहाँले बताउनुभयो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार विसं २०१३ सालमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरु भएको अस्पताल केन्द्रीय अस्पतालसम्म आई पुगेको हो । अस्पतालको वार्षिकोत्सवमा पाहुनाहरु बोलाएर चिकित्सक, कर्मचारीलाई सम्मान, पुरस्कृत गर्ने, स्मारिका प्रकाशित गर्ने जस्ता गतिबिधिहरु हुने भए पनि कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष फेसबुकबाट प्रत्यक्ष प्रसारण गरि वार्षिकोत्सव मनाईएको पौडेलले जानकारी दिनुभयो ।
यतिबेला भरतपुर अस्पताल कोरोना रोगको नियन्त्रण र उपचारको तयारीमा जुटिरहेको छ ।