वाग्मती प्रदेशमा सबै स्थानीय तहलाई विपद् कोषका लागि अनुदान वितरण
न्युजभित्तो/२४ चैत्र २०७६, सोमबार १७:००
हेटौँडा । वाग्मती प्रदेश सरकारले स्थानीय विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै स्थानीय तहलाई अनुदान रकम उपलब्ध गराएको छ ।
प्रदेश अन्तर्गत १३ जिल्लाका ११९ स्थानीय तहमा सो कोष स्थापनका लागि सम्बन्धित स्थानीय तहको बैंक खातामा अनुदान रकम पठाइसकिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गत गठित वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिका अनुसार काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २०/२० लाख र हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख अनुदान रकम पठाइसकिएको छ । त्यस्तै प्रदेशको ६६ निर्वाचन क्षेत्रअन्तर्गत ४१ नगरपालिकालाई रु १२/१२ लाख र ७४ गाउँपालिकालाई रु १०/१० लाख अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
सङ्घीय सरकारले दैनिक लकडाउन चालू गरिरहेकामा सुरक्षाकर्मीलाई उनीहरुको मनोबल उच्च पार्न र व्यावहारिक कार्यमा क्रियाशील तुल्याउन प्रत्येक जिल्लाका सुरक्षाकर्मीलाई रु पाँच/पाँच लाख सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पनि पठाइएको वाग्मती प्रदेश विपद् व्यवस्थापन समितिले जनाएको छ ।