‘लकडाउन’ वैशाख ३ सम्म, राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी
न्युजभित्तो/२४ चैत्र २०७६, सोमबार १६:२६
काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समयावधि एक हप्ता थप गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम नयाँ गभर्नरका लागि सिफारिस गरेको थियो ।
सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो । यस्तै चैत १८ गते पुनःलकडाउनको समय थप गरेर भोलि मङ्गलबारसम्मका लागि थप गरिएको थियो ।
यही चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।