चितवन । अहिले देश लकडाउनमा छ । कार्यालयदेखि क्याम्पस र विद्यालयहरु पनि बन्द छन् । साना–साना नानीबाबुदेखि ठूलावडासम्म दिनभरी मोबाईल, ल्यापटप र कम्प्युटरमा समय कटाईरहेका छन् । तर यस कार्यले आँखाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विज्ञहरुले बताएका छन् ।
अहिलेको पुस्ताको प्रवृत्ति मोबाइल बिना सुत्नै नसक्ने, ओछ्यानमा पल्टिएपछि मोबाइल चाहिने, बालबालिकालाई खाना खुवाउँदा पनि मोबाईल दिनै पर्ने भएको छ । बिहान उठ्नसाथ पनि उनीहरुले मोबाइल खोज्छन् । यसरी सुत्दा–उठ्दा मोबाईल नभई नहुने भएको छ ।
अहिले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सबैजना होम क्वारेन्टाइनमा छन् । कार्यालय धाउनु पर्दैन, विद्यालय जानु पर्दैन । बाहिर हिँडडुल वा घुमफिर गर्न पाइँदैन । मोबाइलमा लिप्त हुनेहरुका लागि अहिले अवसर जस्तै भएको छ ।
घरमा बस्दा बालबालिका चकचक गर्ने, खानेकुरा मागिरहने, झगडा गर्ने गर्छन् । उनीहरुलाई शान्त बनाउनका लागि पनि कतिपय अभिभावकले मोवाइल दिने गरेको पाइन्छ । मोवाइल बालबालिकालाई दिँदा उनीहरु आफूलाई स्वतन्त्र भएको र फूर्सदिलो ठान्छन् र आफू पनि एउटा कुना तिर गएर मोवाइल चलाएर बस्छन् ।
तर, यसले उनीहरुको शारीरिक स्वास्थ्यमा कति असर पुग्छ भनेर हेक्का राख्ने गरिएको छैन । भरतपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. मारिया गौतमले लगातार आँखा नझिम्काई हेर्दा आँखा सुख्खा भई दृष्टि गुमाउँदै जाने सम्भावना भएको बताउनुहुन्छ । “हाम्रो आँखा हरेक समय भिजेको हुनुपर्दछ, लगातार मोवाइल वा टिभी हेर्दा आँखा सुख्खा हुन्छ, त्यसले बिझाउने, मधुरो देख्ने र अन्तिममा आँखा नै नदेख्ने अवस्था आउन सक्छ” डा. गौतम भन्नुहुन्छ “बालबालिकाको आँखा कलिलो हुन्छ, सेपमा बसिसकेको हुँदैन, त्यसले भोलिका दिनमा समस्या ल्याउँछ ।”
पछिल्ला समयमा धेरैजसो बालबालिका चस्मा पहिरिएका देखिन्छन् । अघिल्लो पुस्ताभन्दा अहिलेको पुस्तामा आँखामा बढि समस्या पाइनुको कारण यस्तैं भिडियो गेम, मोबाइल तथा कम्प्युटर लगायतका आधुनिक ग्याजेट भएको डाक्टर गौतम बताउनुहुन्छ ।
आधुनिक ग्याजेटको प्रयोगका कारण बालबालिकामा दृष्टि दोष (रिफ्राक्टिभ एरर) को समस्या धेरै हुने गरेको छ । दृष्टि दोषको उपचार समयमै नगरेको खण्डमा यसका कारण आँखा बिग्रने सम्भावना धेरै हुने डा. गौतमको भनाई छ ।
अहिले बालबालिकालाई नजिकको दृष्टि दोष (मायोपिया) हुने खतरा बढी रहेको डा. गौतमको भनाइ छ । एक अध्ययनका अनुसार भिडियो गेम, कम्प्यूटर, मोबाइल फोन लगायतको प्रयोगका कारण बालबालिकामा नजिकको दृष्टि दोषको समस्या गम्भीर भएको पाइएको छ । दैनिक तीन चार घण्टा भन्दा बढि यस्ता साधान हेर्न नहुने धारणा डा. गौतमको छ । “लगातार एक घण्टा भन्दा बढि र दिनमा चार पाँच घण्टाभन्दा बढि यस्ता साधानहरुमा हेर्नु आँखाको लागि हितकर छैन” डा. गौतम भन्नुहुन्छ “‘मोवाइल, ल्यापटपले आँखा त बिर्गाछ नै, यसले बालबच्चामा असामाजिक हुने, घुलमिल नहुने, बाहिर संसारका बारेमा थाहा नहुने, एकांकी बनाउँछ ।”
बालबालिकाले घरभित्र मोबाईल खेलेको रुचाउने तर घरबाहिर बढी समय बिताएको नरुचाउने अभिभावकका कारणले बालबालिकाको मनोविज्ञानमा असर गरेको डा. गौतमले बताउनुभयो । मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो हुने डा. गौतमको भनाइ छ । “उनीहरुले हेर्ने समयलाई सहमतीमा नै घटाउँदै एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ” डा. गौतम भन्नुहुन्छ “जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।”
लकडाउनका बेलामा मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु बढि दिने, गीत गाउन र नाँच्न सिकाउने, चित्रहरु कोर्न दिने जस्ता रचनात्मक काममा लगाउन डा. गौतमको सुझाव छ । अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिने उहाँले बताउनुभयो । बच्चालाई उनीहरुले गर्न सक्ने काम लगाउने हो भने पनि बच्चाहरुलाई भुलाउन सकिन्छ । धेरै मोवाइल तथा ल्यापटम हेर्दा आँखा कमजोर भई बाक्लो चश्मा लगाउनुपर्ने र पछि पावर बढाउँदै जाँदा आँखाको पर्दामा ‘रेटिनल डिट्याच्जमेन्ट’ हुने खतरा रहने डा. गौतमले बताउनुभयो ।
समयमै आफ्नो बाबुनानीहरुको मोबाईल हेर्ने बानी सुधार्न सकिएन भने भविष्यमा गम्भीर समस्याको सामना गर्नुपर्ने देखिन्छ । (सुवास पण्डितको सहयोगमा)