अमेरिकामा कोरोना भाइरसबाट एकै दिन चारजना नेपालीको निधन
न्युजभित्तो/२३ चैत्र २०७६, आईतवार २०:१३
न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ ।
शनिबार निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिनुभयो । रासस