सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग


  •    न्युजभित्तो/२३ चैत्र २०७६, आईतवार १९:२९ 
  • चितवन । विश्वमा महामारी फैलाईरहेको कोरोना भाईसरका कारण देश लकडाउनमा रहेको समयमा दाताहरुले सहयोग गर्ने क्रम पनि जारी रहेको छ । अभावमा रहेकाहरुलाई सहयोग गर्ने मनकारीहरुले सहयोग गर्दै आईरहेका   छन् ।

    यसैक्रममा कामना सेवा विकास बैंक नारायणगढ शाखाले भरतपुरमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ । बैंकले चामल, दाल, तेल, नुन, चिनी, चियापत्ती, स्वायविन, लगायतका खाद्यान्न सामग्री, सेनिटाइजर र मास्क सहयोग गरेको हो ।

    बैंकका शाखा प्रबन्धक सुरेश घिमिरे, बरिष्ठ सहायक प्रकाश पन्त, सर्भिस म्यानेजर दिप्ती तण्डुकारको टोलीले आज आईतबार आश्रम पुगेर एकहप्तालाई पुग्ने उक्त खाद्य सामाग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा शाखा प्रबन्धक घिमिरले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत खाद्यान्न सामाग्री सहित सुरक्षा सामग्री प्रदान गरेको बताउनुभयो ।

    देशनै कोरोना संक्रमण र लकडाउनको अवस्थामा गुज्रेको भन्दै घिमिरेले यहांँ रहेका बेसहारा बृद्धबृद्धालाई राहत पुगोस् भन्ने हेतुले सामग्री सहयोग गरिएको बताउनुभयो । पांँचबर्षअघि सञ्चालनमा आएको उक्त आश्रममा मानसिक सन्तुलन ठिक नभएका, बेसाहारा, सहयोगापेक्षी गरी ६० जना आश्रित रहेका छन् ।

    सो क्रममा प्रतिक्रिया दिँदै आश्रमका जिल्ला संयोजक निता केसीले आश्रममा दैनिक खाद्य सामाग्री अभाव भइरहेको बेला बैंकले गरेको सहयोगले केही राहत मिलेको बताउनुभयो । लकडाउन अघि दाताहरुले दैनिक रुपमा विभिन्न अवसर पारेर आर्थिक सहयोग गर्दै आएको भएपनि हालका दिनहरुमा सहयोग कम आएका कारण समस्या भएको उहाँले जानकारी दिनुभयो ।

    बैकको केन्द्रीय कार्यालयले आईतबारै काठमाण्डौंको पशुपतिनाथमा रहेका बांँदरहरुलाई खाना खुवाएको छ । बैकले यसअघि पनि विपन्न समुदायमा स्वास्थ्य शिविर, सामुदायिक विद्यालयमा स्टेशनरी सामाग्री वितरण लगायतका सामाजिक कार्य गर्दै आएको छ । कामना सेवा विकास बैंकका देशभर १२३ शाखा छन् भने चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् ।

    बैंकले लकडाउनको समयमा पनि विभिन्न शाखाहरुबाट आलोपालो सेवा दिईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.