सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौसय व्यक्तिको भीडमा सङ्क्रमितको २८ घण्टा बास


  •    न्युजभित्तो/२३ चैत्र २०७६, आईतवार ०९:२३ 
  • अविनाश चौधरी
    धनगढी । भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न भने पाएन ।

    नेपाल–भारत सीमा नाका बन्द गरिएकोले सुरक्षा निकायले उनीहरुलाई सिमानामै रोक्यो । नाकामै रात कटाएका नेपालीले चैत ११ गते विहानै नारा जुलुस गरे । उनीहरुको भीड जबरजस्ती नेपालतर्फ अगाडि बढेपछि सुरक्षाकर्मीले सामान्य बलसमेत प्रयोग गर्नुपर्यो । र, त्यो भीड पछाडि हट्यो ।

    झन्डै २८ घण्टा नाकामै रोकिएको भीडमा सुदूरपश्चिम प्रदेशकोमात्रै नभई अरु प्रदेशका गरी १९ जिल्लाका ९१४ जना थिए । त्यही भीडमा थिए कैलाली लम्कीका २१ वर्षीय युवा । जसलाई कोरोना पोजेटिभ रहेको शनिबार पुष्टि भएको छ । मुम्बईबाट घर फर्किएका उनलाई १३ दिनपछि कोरोना पोजेटिभ रहेको पुष्टि भएको हो । भारतबाट फर्किएका विभिन्न जिल्लाका व्यक्तिहरुसंग उनले नाकामा झन्डै २८ घण्टा बिताएका थिए ।

    नाकामा अलपत्र परेका उनीहरुलाई सङ्घीय सरकारको आदेशपछि चैत ११ गते १० बजे रातिमात्रै गन्तव्यतर्फ पठाइएको थियो । शनिबार कोरोना सङ्क्रमित पुष्टि भएका व्यक्तिले नाकामा ठूलो भीडको बीचमा एक रात एक दिन बिताएको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यो तथ्य बाहिरिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको खतरा र त्रास झनै बढेको छ ।

    सङ्क्रमित व्यक्तिसँगै भीडमा रहेका व्यक्तिहरु विभिन्न जिल्लाको कुना–कुनासम्म पुगिसकेका छन् । उनीहरु सबैलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्ने आदेश दिइएको थियो । तर, सबै व्यक्ति क्वारेन्टाइनमा नरहेको बताइन्छ ।

    गौरीफन्टा नाकाबाट प्रवेश गरेका सङ्क्रमित व्यक्तिलाई लम्कीचुहा नगरपालिका–९ स्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उनलाई चैत १२ गते क्वारेन्टाइनमा राखिएको जनाइएको छ । सो विद्यालयको क्वारेन्टाइनमा ४४ जना र सङ्क्रमित युवासंगै एउटै कोठामा थप तीन जनालाई पनि राखिएको लम्कीचुहा नगरपालिकाका नगर स्वास्थ्य संयोजक जयन्ती बिसीले बताउनुभयो ।

    उहाँका अनुसार ती युवालाई कोरोनाभाइरसको लक्षण देखिएपछि शनिबार विहानमात्रै चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । त्यहाँ परीक्षण गर्दा उनमा कोरोनाभाइरस भएको पुष्टि भयो । मुम्बईबाट फर्किएका ती युवामा कोरोना पोजिटिभ भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सङ्क्रमित पुष्टि भएका युवासँग बसेका थप अरुलाई पनि चेकजाँचका लागि ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन जयसिंह भण्डारीले जानकारी दिनुभयो ।

    सुदूरपश्चिम प्रदेशमा हालसम्म चार जनामा कोरोना पोजेटिभ रहेको पुष्टि भएको छ । तीन कैलाली र एक कञ्चनपुरका व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको हो । जसमा भारतबाट आएका दुई र एक जना युनाइटेड अरब इमिरेट्सबाट आएका व्यक्ति रहेका छन् । अर्का एक जनामा भने बाहिरबाट कोरोना सङ्क्रमित भएर आएका व्यक्तिबाट सरेको छ । युएइबाट आएका व्यक्तिबाट सरेर उनकी भाउजुलाई कोरोना पोजेटिभ देखिएको हो ।

    यसअघि, सो परिवारका सबै सदस्यलाई प्रदेश सरकारले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको थियो । तर, लक्षण नदेखिएपछि उनीहरुलाई होम क्वारेन्टाइनमा पठाइएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएका सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    गोरखापत्रबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.