दादुरारुबेलाबाट चेपाङ गाउँमा दुई बालबालिकाको मृत्यु, डेढ सय जना बिरामी
न्युजभित्तो/२२ चैत्र २०७६, शनिबार २१:२७
धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङ गाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने डढ सय जना बिरामी परेका छन् ।
गत फागुन ६ गतेदेखि गाउँपालिका–६ बुमराङ, रोतेस, सोलडाडा, बुङ्पुङ, गोठेरीलगायतका चेपाङ बस्तीमा दादुरारुवेला रोगको सङ्क्रमण फैलिएको थियो । ज्वरो आउने, खोकी लाग्ने, शरीरमा फोका उठ्ने र बिरामीको रोग प्रतिरोधात्मक क्षमतामा कमी गराई मृत्यु हुने किसिमको लक्षण देखिएको थियो ।
दादुरारुवेलाका कारण साढे दुई वर्षकी अनिशा चेपाङ र आठ महिनाका वसन्त चेपाङको मृत्यु भएको गाउँपालिका स्वास्थ्य सहसंयोजक अनमी सीता खरेलले जानकारी दिनुभयो । गाउँमा महामारी फैलिएपछि खरेल औषधिसहित उपचारमा संलग्न हुनुहुन्छ ।
चेपाङ गाउँमा स्वास्थ्य समस्या आएपछि बेनिघाटरोराङ गाउँपालिकाबाट पटकपटक स्वास्थ्यकर्मीको टोली गाउँ पुगेर उपचार गरेको थियो । फागुन ७ गते चरौँदी स्वास्थ्य सेवा इकाइमा बिरामी बच्चा लिएर चार जना अभिभावक आएका थिए । रोग फैलिएको खबर गाउँपालिकामा आएपछि स्वास्थ्यकर्मीको टोलीसहित गाउँमा पुगेर लक्षणका आधारमा उपचार गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक शङ्करबाबु दुवाडीले बताउनुभयो ।
दुई वर्षअघि धादिङ जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेपनि चेपाङ गाउँमा अहिलेसम्म पनि खोप लगाउन नपाएका स्थानीय सोल्टीमाया चेपाङले बताउनुभयो । ३० वर्षीया सोल्टीमायाको छ बच्चामध्ये एक जनाको दादुराका कारण मृत्यु भएको थियो । उहाँले आफूले र बच्चाले अहिलेसम्म खोप नलगाएको बताउनुभयो ।
आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराई, स्वास्थ्य शाखा संयोजक शङ्करबाबु दुवाडीसहितको टोली गाउँ पुग्दा उपचार नपाएर बिरामी परिरहेका धेरैजसो घरमा भेटिएका थिए । गाउँपालिकाले महामारीका रुपमा रहेको दादुरारुवेला नियन्त्रण गर्न आफूले मात्र नसकेकाले सहयोगका लागि स्वास्थ्य कार्यालय धादिङ र वाग्मती प्रदेश सरकारसमेतलाई आग्रह गरेको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा ४० वर्षमुनिका सबैलाई दादुरारुवेला खोप लगाउने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताउनुभयो ।