समुदायमा सरेपछि कोरोनाभाइरस यो साता चुनौतीपूर्ण, नमूना परीक्षणको दायरा बढाउनुपर्ने
न्युजभित्तो/२२ चैत्र २०७६, शनिबार २१:०६
शरद शर्मा
काठमाडौँ । नेपालमा पहिलो पटक कोरोनाभाइरस (कोभिड– १९) समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) यसको रोकथाम र नियन्त्रणमा यो साता चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज १२औँ दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो ।
आज एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो । महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले समुदायमा सर्नु (कम्युनिटी ट्रान्समिसन)लाई सङ्क्रमणको दोस्रो चरण बताएको छ । पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । “पहिले हामी पहिलो चरणमा रहेका थियौ । नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छौँ”, उहाँले भन्नुभयो, “विदेशबाट आएका मानिसमा मात्र होइन अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ ।”
उहाँले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँ विदेश र भारतबाट प्रवेश गरेका सबै को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताउनुहुन्छ ।
सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ सङ्क्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक सङ्क्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ ।
अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘लकडाउन’को अवधि थप गरेर सङ्क्रमित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताउनुभयो । विश्वभरि फैलिएको महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तरराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन् । सो अवधिमा आएका मानिसमा अहिले सङ्क्रमण देखिइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले स्थानीयस्तरमा बसिरहेका व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले समुदायमा सङ्क्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताउनुभयो ।
नेपालमा यही चैत २५ गते लकडाउनको अवधि १५ दिन पुग्दैछ । सो अवधिमा विदेशबाट आएका मानिसमा सङ्क्रमणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ । “यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ”, उहाँले भन्नुभयो, “अहिले एकै दिनमा तीन जनामा समेत देखियो । यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।”
यो लकडाउनको अवधिमा नेपालमा रहेका सङ्क्रमितको तथ्याङ्क आउने भएकाले जोखिम मानिएको हो । कोरोना भाइरसको सङ्क्रमण देखिने अनुसन्धानबाट दुई हप्ता हो । यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कममात्रामा लक्षण देखिने गर्दछन् । हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै सङ्क्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउनुहन्छ । उहाँले नमूना परीक्षण दैनिक एक हजार पुर्याएर अबको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताउनुभयो । “व्यक्तिबाट व्यक्तिमा सङ्क्रमण सरेको छ । अब समुदायमा त्यो सर्यो कि सरेन भनेर हेर्नुपर्दछ उहाँले भन्नुभयो, “विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ । त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ ।” रासस