सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पताल जानै चाहँदैनन् विरामी, चिकित्सक भन्छन् : अस्पताल आउन डर मान्नुपर्दैन


  •    न्युजभित्तो/२२ चैत्र २०७६, शनिबार १३:०९ 
  • चितवन । यतिबेला कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमले विरामी सकेसम्म अस्पताल जान चाहँदैनन् । कोरोनाको जोखिमले रोग पालेर बसिरहँदा दीर्घरुपमा समस्या पर्न सक्ने भन्दै चिकित्सकले अहिले बढी सजग हुन सुझाव दिएका छन् ।

    भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी कोरोनाको डर हृदयघात भन्दा चर्को जस्तो देखिएको बताउनुहुन्छ । उहाँले आफुले गत वर्षहरुमा यो समयमा दैनिक करिव २० जना विरामीको जाँच गर्ने गरेको तर अहिले दुई जना पनि नआउने गरेका बताउनुभयो । टेलिफोन गरेर सोधपुछ गर्ने भए पनि रोग पालेर बसेका छन् की भन्ने चिन्ता हुन थालेको डा अधिकारीको भनाई छ ।

    उहाँले घरमानै बसेर परामर्शमा औषधि खाएर हुने बाहेक सम्भावित जटिल हुन सक्ने खालका विरामीलाई अस्पताल आउन आग्रह गर्नुभयो । डा अधिकारीले भन्नुभयो “अस्पताल आउनै पर्ने विरामीले डर मान्नुपर्दैन । उच्च जोखिमका रोग पालेर बस्नुहुँदैन । ”

    जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार गएको आठ दिनमा जिल्लाका सबै अस्पताल र स्वास्थ्य केन्द्रमा ३ हजार ८२९ जना विभिन्न रोगका विरामीले सेवा लिएका थिए । ती मध्ये ८५० जना ज्वरोका र ६२ जना रुघाघोकिका रहेका थिए । गतवर्ष यतिवेला जिल्लाका अस्पतालहरुमा ७ हजार भन्दा बढि विरामीले सेवा लिएका थिए ।

    जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, दुई नीजि मेडिकल कलेज, २० नीजि अस्पताल, तीन सरकारी अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र, ३६ स्वास्थ्य चौकी, २५ वटा ग्रामिण शहरी स्वास्थ्य केन्द्र र पाँच वटा सामुदायिक इकाई रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख तिवारीले घरबाटै चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने काम भइरहेको र अस्पताल आउन डर मानेर पनि विरामी नआएको हुन सक्ने बताउनुहुन्छ ।

    भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल गतवर्ष यस समयमा दैनिक एक हजार पाँच सय भन्दा बढि विरामी आउने गरेका भए पनि शुक्रबार एक सय पचास जना बिरामी मात्र आएको बताउनुहुन्छ । त्यति नै सङ्ख्यामा बिरामी आउने चितवन मेडिकल कलेजमा शुक्रबार करिव एकसय जना मात्र विरामीले सेवा लिएका थिए ।

    भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेले चिकित्सकले आफ्नो सेवा निरन्तर जारी राखेको बताउनुहुन्छ । टेलिफोनमा बुझेर अस्पताल आउनै पर्नेलाई ढुक्कसँग आउन उहाँले आग्रह गर्नुभयो ।

    नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष एवम् बरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा पुराना रोगहरु मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम जस्ता समस्यामा सम्बन्धित चिकित्सकसँग परामर्श गरेर औषधि प्रयोग गर्न सुझाब दिनुहुन्छ । दम बढ्यो या अन्य कारणहरुले उच्च ज्वरो आउँदा अस्पताल आउनै पर्ने बताउनु हुन्छ । ज्वरो कोरोनाका कारण मात्र नभए डेंगु, मलेरीया, स्क्रबटाईफस, हेपाटाईटिस जस्ता कारणले पनि हुने भएकाले कारणको खोजि गर्नुपर्ने उहाँको भनाई छ ।

    नेपाल पत्रकार महासङघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडा भ्रमका कारण जोखिम बढेको बताउनुहुन्छ । ‘बाहिर सर्बसाधारणमा चिकित्सकले बिरामी छुँदैनन्, अस्पतालले भर्ना लिँदैनन् र ढोकाबाटै फर्काउँछन्’ भन्ने हल्लाका कारण विरामी अस्पताल नआउने गरेको उहाँको भनाई छ ।

    यस सम्बन्धमा नेपाल पत्रकार महासङघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले आफ्नो फेसबुक वालमा लेख्नुभएको स्टाटस यस्तो छ :

    उक्त स्टाटसमा विमलराज पौडेलले लेख्नुभएको कमेन्ट :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.