चितवन । चितवनमा शनिबारदेखि कोरोना भाइरस (कोभिड–१९)को परीक्षण हुने भएको छ । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड–१९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानदेखि परीक्षण थाल्ने गरी काम अघि बढाइएको छ ।
स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । टोलीले सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भएको स्थाननै उपयुक्त भएको ठहर गरेको थियो ।
त्यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर शुक्रबार बिहानदेखि काम थालिएको छ । मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार शुक्रबारदेखि काम थालिएको हो । पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ । बायोसेफ्टी क्याबिनेट एउटा यहीँ छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । विज्ञ दुई जना जिल्लामा नै रहेको उहाँले जानकारी दिनुभयो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ । उहाँहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यहीँ उपलब्ध हुने बताइएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान पठाउने खनालले जानकारी दिनुभयो ।
रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै देशभरमा प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ । सात प्रदेशमा एक÷एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ ।