कोरोना सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ सङ्कलन
न्युजभित्तो/२१ चैत्र २०७६, शुक्रबार १५:२९
काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कोषमा हालसम्म झण्डै दुई अर्ब रुपैयाँ जम्मा भएको र प्रतिबद्धता आउने क्रम पनि बढ्दै गएको जनाएको छ । कोषमा रकम जम्मा हुने क्रम बढ्दै गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ ।
विश्वव्यापी रुपमा कोरोनाको कहर बढ्दै गएको छ । पछिल्लो अपडेटअनुसार संसारभरका २०३ मुलुकका १० लाख २६ हजार छ सय ८८ जनामा कोभिड १९ को सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका मध्ये ५४ हजार ४५ जनाको निधन भएको छ । यस्तै दुई लाख १८ हजार पाँच सय ७३ जना भने उपचारपछि घर फर्केका छन् ।
नेपालमा हालसम्म छ जनामा कोरोना संक्रमण पुष्टि भएकामा एक जना उपचार पछि घर फर्केका छन् भने अन्य पाँच जनाको उपचार भइरहेको छ । सरकारले यही चैत २५ गतेसम्म लकडाउन गरेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ ।
सरकारले यही चैत ११ गते ५० करोड रुपैयाँ राखेर कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोष स्थापना गरेको थियो । सरकारले स्थापना गरेको बिहीबार मात्रै कोषमा एक अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भएको थियो । कोषमा निजामति कर्मचारीको झण्डै २५ करोड रुपैयाँ जम्मा हुने क्रममा रहेको छ ।
कोषमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्यले रकम जम्मा गर्नुभएको छ । यस्तै, सरकारी कम्पनी एवम् निजी क्षेत्रका संघ संस्थाले पनि दिल खोलेर सहयोग गरेका छन् । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि नगद र जिन्सी दुवै उपलब्ध गराएको छ । कोषमा दैनिक जसो नै रकम जम्मा गर्नेहरुको संख्या बढ्दै गएको छ ।
सरकारले कोषमा सहयोग रकम उपलब्ध गराउन चाहनेलाई राष्ट्रिय वाणिज्य बैंकको १९६०००००११०१ नम्बरको खाता सञ्चालनमा ल्याएको छ । कोषमा आवश्यक सहयोगका लागि सरकारले आम नेपालीमा आग्रह गरेको छ । सरकारले आफूखुसी कुनै पनि अन्य कोष स्थापना गर्न रोक लगाएको छ ।
कोषमा सरकारी कम्पनीका अलावा व्यक्तिगत रुपमा पनि रकम जम्मा गर्ने क्रम बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त विवरण अनुसार विश्वम्भर घिमिरेले एक लाख सहयोग गर्नुभएको छ भने माधवकुमार बस्नेत र मीना बस्नेतले रु ५० हजार सहयोग गर्नुभएको छ । नाम नखुलेका तथा एक लाख भन्दा कम सहयोग गर्ने व्यक्तिहरुबाट मात्रै कोषमा दुई लाख ८२ हजार नौ सय १२ रुपैयाँ जम्मा भएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको वाणिज्य बैंकको अनुमतिपत्र पाएका २७ वटा वाणिज्य बैंकले पनि धमाधम कोषमा रकम जम्मा गरेका छन् । वाणिज्य बैंकहरुले मात्रै कोषमा २५ करोड ४० लाख रुपैयाँ जम्मा गरेका नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
कोषको कार्यविधिका आधारमा उक्त रकम कोरोनासम्बन्धी औषधि, उपकरण, अस्पतालका उपकरण, कोरोनाबाट संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्न खर्च गरिनेछ । खाताको सञ्चालन महालेखा नियन्त्रकको कार्यालयबाट हुनेछ ।