नारायण अधिकारी चितवन । हात्ती सफारी हुँदा ऊ आफै चर्थ्यो । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ ।
पर्यटकीय गतिविधि बन्द भएसँगै अहिले हात्ती पाल्न कठिन भएको हो । हात्ती पाल्ने व्यवसायीले मानिसको भन्दा हात्तीको बढी चिन्ता हुन थालेको जनाएका छन् । हाल सौराहामा ६० निजी हात्ती छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई पहिले हात्ती सफारीमा जाँदा हरियो घाँस खाने गरेको भए पनि अहिले पराल र धानमा निर्भर हुनुपरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हात्तीका लागि सञ्चय गरेको खाद्यान्न सकिन लाग्यो, कसरी बचाउने चिन्ता हुन थाल्यो ।”
चितवन राष्ट्रिय निकुञ्जमा पालिएको एउटा हात्तीलाई दैनिक न्यूनतम् ३५० किलो घाँस, १० किलो धान र २५ ग्राम वीरेनुन दिने गरिएको छ । निजी हात्तीलाई त्यसकै तलमाथि दिने गरिन्छ ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे हात्तीको आहाराको सन्तुलन नमिलेमा पछिसम्म समस्या पर्न सक्ने बताउनुहुन्छ । एकातर्फ खाद्यान्नको अभाव हुँदै गएको छ भने अर्कोतर्फ हात्तीको स्वास्थ्यका लागि पनि हिँडाउनु, डुलाउनु र चराउनु राम्रो हुने उहाँको भनाइ छ । निकुञ्जले घाँस काट्न र छेउछाउमा चराउने व्यवस्था मिलाइदिएमा हात्ती जोगाउन सकिने घिमिरेले बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले नीजि हात्तीलाई समस्या परेको बारेमा आफुलाई व्यवसायीहरुले जानकारी नगराएको बताउनुभयो । अहिले घाँस नभएपछि निकुञ्जका हात्तीलाई पनि पराल किनेर खुवाएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जमा ६४ वटा हात्ती रहेका छन् । ती हात्तीको रेखदेख गर्न १ सय २३ जना कर्मचारी छन् । पानी परेपछि घाँस पलाउने भन्दै निकुञ्जमै घाँसको अभाव भएको रुपाखेतीको भनाइ छ । व्यवसायीहरुले निकुञ्जभित्र हात्ती सफारी गर्न दिनुपर्ने माग गर्दै आएको भए पनि अनुमति पाउन सकेका छैनन् ।
एउटा हात्ती हेर्नका लागि तीन जना कर्मचारी आवश्यक पर्दछ । उनीहरुको तलब भत्ता र पालन पोषण सामान्य भए पनि हात्ती पाल्न भने निकै कठिन भईरहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । समस्याको विषयमा चितवन राष्ट्रिय निकुञ्जसँग औपचारिक रुपमा अनुरोध गर्ने तयारी भईरहेको उहाँको भनाई छ ।
हात्तीलाई हुने खाद्यान्न अभाव समाधानका लागि निकुञ्जले कुनै निश्चित क्षेत्रमा हात्ती चराउन दिनुपर्ने माग व्यवसायीले गरेका छन् । एउटा हात्तीको मूल्य रु ८० लाख हाराहारी पर्छ, जसले ६० वर्षसम्म सेवा दिन सक्छ तर त्यसका लागि पालनपोषणको राम्रो प्रबन्ध मिलाउनुपर्ने हुन्छ ।
चितवन घुम्न आउने पर्यटकलाई घुमाउन नीजि हात्ती मात्र प्रयोग गरिन्छ । निकुञ्जलाई कर तिरेर सामुदायिक वनहरुमा हात्ती सफारी गराइँदै आएको छ । सौराहामा रहेका नीजि हात्तीहरु कुमरोज सामुदायिक वन, खोरसोर मध्यवर्ती क्षेत्र, चित्रसेन सामुदायिक वन र बाघमारा सामुदायिक वनमा सफारीका लागि लैजाने गरिन्छ ।
बिसं. २०७५ असोज २९ गते निकुञ्जको नियमावली संसोधन गरी निजी हात्तीलाई निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । बाहिरका हात्ती भित्र जाँदा रोग सार्न सक्ने खतरा देखिएकाले रोकिएको भनाइ निकुञ्जको छ । व्यवसायीहरुले नीजि हात्ती निकुञ्ज छिर्न पाउनुपर्ने माग गर्दै आएका छन् । रासस
नारायण अधिकारी
चितवन । हात्ती सफारी हुँदा ऊ आफै चर्थ्यो । घाँस काटेर पनि खुवाइन्थ्यो । लकडाउनमा सफारी मात्र होइन घाँस काट्न पनि नमिल्ने भएपछि सौराहाका व्यवसायीलाई बाँधेर हात्ती पाल्न गाह्रो हुन थालेको छ । सामुदायिक वनहरुमा अहिले घाँस काट्न जान रोकिएको छ ।