सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेशमा विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा गरिने

"महानगरलाई २०, उपमहानगरलाई १५, नगरपालिकालाई १२ र गाउँपालिकालाई १० लाख "

  •    न्युजभित्तो/२० चैत्र २०७६, बिहीबार १९:४२ 
  • हेटौँडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले १३ जिल्लामा कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासका लागि प्रदेश विपद् व्यवस्थापन कार्यसमितिको बैठकले सबै स्थानीय तहलाई विपद् व्यवस्थापनको अनुदान रकम शुक्रबारदेखि निकासा उपलब्ध गराइने बताउनुभएको छ ।

    मन्त्री जम्मकट्टेलको अध्यक्षतामा आज प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर स्थानीय निकायलाई पठाउने भनिएको विपद् व्यवस्थापन अनुदानको रकम आर्थिक मामिला तथा योजना मन्त्रालयमा आजै उपलब्ध गराइदिन माग गर्ने निर्णय गरिएको थियो । बैठकले प्रदेशका १३ जिल्लामा सङ्घीय सरकारद्वारा घोषणा गरिएको लकडाउन कार्यक्रमलाई दैनिक सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मीको मनोबल उच्च पार्न प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत् क्रमशः रु पाँच लाखका दरले शुक्रबार नै रकम पठाउने निर्णय गरेको छ ।

    प्रदेश सरकारको मन्त्रिपरिषद्ले केही दिनअघि विपद् व्यवस्थापन कल्याण कोष स्थापना गर्न काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिकालाई रु २० लाखका दरले, हेटौँडा उपमहानगरपालिकालाई रु १५ लाख, ४१ नगरपालिकालाई रु १२ लाखका दरले र ७४ गाउँपालिकालाई रु १० लाखका दरले विपद् व्यवस्थापन गर्न अनुदान रकम विपद् व्यवस्थापन सचिवालय हेटौँडाबाट निकासा गरिने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.