सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा अर्का एकजनामा कोरोना भाइरसको सङ्क्रण, देशभित्र सङ्क्रमितको सङ्ख्या छ पुग्यो


  •    न्युजभित्तो/२० चैत्र २०७६, बिहीबार १७:०५ 
  • काठमाडौं । नेपालमा अर्का एकजना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । यो समेत देशभित्र कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण भएको पाइएको बताउनुभयो । प्रवक्ता देवकोटाले क्यूआर ६५२ उडानमा दोहाबाट काठमाडौँ आएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

    यसअघि चैत ४ गते सोही उडानबाट आएका दुई जनामा कोरोना सङ्क्रमण पाइएको थियो । यसअघि दोस्रो र पाँचौँ कोरोना सङ्क्रमण पुष्टि भएका दुई युवतीसँगै एउटै जहाजमा स्वदेश आएका अर्का व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले छैटौँ सङ्क्रमितलाई पनि चिकित्सकले छुट्टै राखेर उपचार शुरु गरेका जानकारी दिनुभयो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका छ जनामध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
    देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    • अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    • सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.