सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहाराको घरका बालबालिकालाई खाद्यान्न सहयोग


  •    न्युजभित्तो/१९ चैत्र २०७६, बुधबार २०:२२ 
  • चितवन । भरतपुरस्थित तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था एवम् सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरस विरुद्धको अभियानमा आवद्ध रहेका सदस्यहरुले सहाराको घरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।

    लकडाउनका कारण चितवनको भरतपुर–११ स्थित सहाराको घरमा आश्रित रहेका बालबालिकाहरुलाई खाद्यान्न समस्या परेपछि सहयोग गरेको सहयोगीले बताएका छन् । सहकारीका सदस्यहरुबीच फेसबुकबाट रकम सहयोगको अपिल गर्दे जम्मा भएको करिब २८ हजार रुपैयाँको खाद्य सामाग्री खरीद गरी सहयोग गरेको तारापुञ्ज सहकारीका अध्यक्ष सुदीप रेग्मीले जानकारी दिनुभयो ।

    सहाराको घरका सञ्चालक स्वस्तिका तिवारीले खाद्य अभाव भएकोले सहयोगका लागि अपिल गरेपछि फेसबुकको माध्यमबाट सहयोग रकम सङ्कलन गरि चामल, दाल, पिठो, तेल, तरकारी, बिस्कुट, ग्यास लगायतका सामान हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष रेग्मीले बताउनुभयो ।

    खाद्यान्न सहयोग हस्तान्तरण कार्यक्रममा तारापुञ्ज सहकारी संस्थाका अध्यक्ष सुदीप रेग्मी , सचिव रेगन पन्त, कार्यक्रम व्यवस्थापन प्रमुख लक्ष्मण गौतमलगायत सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । लगातारको लकडाउनका कारण सहाराको घरमा दैनिक उपभोग्य सामानको अभाब भएकाले अनाथ बालबालिकाहरुलाई विहानबेलुकाको जोहो गर्न अप्ठेरो परेको अवस्थामा खाद्यान्न सहयोगले राहात भएको सञ्चालक तिवारीले बताउनुभयो । सहाराको घरमा १८ जना अनाथ बालबालिका आश्रित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.