सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग


  •    न्युजभित्तो/१९ चैत्र २०७६, बुधबार १३:५८ 
  • काठमाडौँ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गर्न सरकारसङ्ग आग्रह गर्नुभएको छ । अध्यक्ष अर्यालले बुधबार एक विज्ञप्तिमार्फत कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिम नियन्त्रण गर्न घोषणा गरिएको ‘लकडाउन’ का कारण मारमा परेका क्षेत्रका लागि सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चार माध्यम छुटेको हुँदा यसका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अपिल गर्नुभएको हो ।

    अहिलेको जोखिमपूर्ण अवस्थामा कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा गम्भीर बन्न र आवश्यक प्रबन्ध मिलाउनसमेत सरकार र सम्बन्धित आमसञ्चार प्रतिष्ठानलाई अध्यक्ष अर्यालले अनुरोध छ । उहाँले भन्नुभएको छ– “सङ्कटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसञ्चार प्रतिष्ठानका व्यवस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरिन्छ ।”

    “श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने, यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिइरहेका छन । उनीहरु अहिले फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने अवस्था छ र गरिरहेका पनि छन्” न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष अर्यालले भन्नुभएको छ– “तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरुका सम्बन्धमा केही बोलिएको छैन । राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चारमाध्यम छुटेको हुँदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न अपिल गरिन्छ ।”

    आमसञ्चार उद्योगलाई सरकारको प्राथमिकतामा राखि सेवा उद्योगका रुपमा मान्यता दिई नवीकरण र कर छुटको व्यवस्था मिलाउन र अहिले खासगरी मोफसल र श्रमजीवीहरुले सञ्चालन गरेका स्वरोजगारमूलक र साना लगानीका मिडिया थप आर्थिक सङ्कटमा रहेकाले उनीहरुका लागि पनि राज्यका तर्फबाट ठोस आर्थिक राहतको व्यवस्था मिलाउन अध्यक्ष अर्यालले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    उहाँले वर्तमान सम्वेदनशील अवस्थामा कार्य क्षेत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आत्म सुरक्षाप्रति सतर्कता र सावधानी अपनाउन अपिल यो विषम परिस्थितिको बेलामा सबैबीच सहकार्य गर्दै जिम्मेवारीपूर्वक ढङ्गले सङ्कटको सामना गर्न पनि अपिल गर्नु भएको छ । “आमसञ्चार माध्यम र श्रमजीवी पत्रकार थप जिम्मेवार र सम्वेदनशील बन्दै सत्य, तथ्य, सकारात्मक र जनता आतङ्कित बनाउने नभई जिम्मेवार एवम् आशा जगाउने समाचार सप्रेषित गरौँ” अध्यक्ष अर्यालले विज्ञप्तिमा भन्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.