सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पताललाई स्वास्थ्य मन्त्रालयको चेतावनी : ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस्


  •    न्युजभित्तो/१८ चैत्र २०७६, मंगलवार २१:२१ 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकि बिरामीको औषधि उपचार गर्न निर्देशन दिनुभएको हो ।

    अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको, मृत्युको मुखमा पुगेको भन्दै उहाँले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिनु भएको हो । “अस्पतालले ज्वरोका बिरामीदेखि डराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्” उहाँले भन्नुभयो, “हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहेरेर मर्ने स्थितिमा नपुर्याउनुहोस् ।”

    यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी (कन्ट्याक ट्रेसिङ्ग) गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ ।

    यसैगरी मन्त्रालयले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘र्यापिड टेष्ट’ गर्ने क्रम बढेपछि त्यो आवश्यक नभएको औंल्याएको छ । तत्क्षण परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।

    “विभिन्न स्थानमा ‘र्यापिड टेष्ट’ कीट गरेको सूचना प्राप्त भएको छ । त्यसले कोभिड–१९ को नमुना परीक्षण गर्नु भनेको विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड विपरीत हो”, उहाँले भन्नुभयो, “त्यस किसिमको टेष्ट कीटबाट सही परीक्षण हुँदैन । उहाँले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पार्नुभयो ।

    मन्त्रालयले आजदेखि नै कोभिड–१९ को नमूना परीक्षण पोखरामा शुरु गरिएको छ । मन्त्रालयका प्रवक्ताका अनुसार धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमूना परीक्षणको लागि मेशिन पठाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.