सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लकडाउनको पूर्ण पालना गर्न नेकपा भरतपुर महानगर कमिटीको अनुरोध


  •    न्युजभित्तो/१८ चैत्र २०७६, मंगलवार ०९:५९ 
  • भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीले सरकारले जारी गरेको दोस्रो चरणको लकडाउनको पूर्ण पालना गर्न महानगरवासीहरुलाई अनुरोध गरेको छ । महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव इश्वर सापकोटा सुमनद्वारा मंगलवार सार्वजनिक अपिलमा भाइरसको संक्रमण फैलिन नदिन र सम्भावित जोखिम कम गर्न सरकारले आब्हान गरेको लकडाउनको पूर्णपालना गरेर नागरिकको दायित्व निर्वाह गर्न अनुरोध गरिएको हो ।

    जारी अपिलमा भनिएको छ “विश्व नै कोरोना भाइरसका कारण संकटमा परिरहेको बेला मानव समुदायको रक्षाका लागि सामाजिक दूरी कायम गर्नु नै उपर्युक्त विकल्प ठहर गरी सरकारले दोस्रो चरण जारी गरेको लकडानको पूर्ण पालना गर्न सचेत महानगरवासी, पार्टी संगठक तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दछौं ।”

    अपिलमा पहिलो चरणको लकडाउनमा धैयतापूर्वक सरकारलाई सहयोग गर्ने आम जनसमुदायलाई धन्यवादसमेत दिइएको छ । संकटका बेलामा नागरिकलाई सबैले सहयोग गर्नुपर्ने बेलामा मौका छोपी कालो बजारी नगर्न पनि सम्वद्ध ब्यापारी तथा व्यवसायीलाई कमिटीले चेतावनी दिएको छ ।

    भरतपुर महानगरपालिका कार्यालयले लकडाउनका बेलामा आधारभूत श्रमजीवि जनताका लागि वितरण गर्न लागेको राहातका कार्यक्रममा पार्टी कमिटीका तर्फबाट पूर्ण सहयोग गर्ने, त्यस्ता वर्गको पहिचान गर्न वडाध्यक्ष र महानगरपालिकालाई सक्रियतापूर्वक सहयोग गर्न र लकडाउनका बेलामा नागरिकलाई पर्न सक्ने असहजतालाई सहजीकरण गर्न महानगर कमिटीले मातहतका निकायलाई निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.