सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिलाको विभत्स हत्या, खोलामा भेटियो शव


  •    न्युजभित्तो/१८ चैत्र २०७६, मंगलवार १०:११ 
  • भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको गठ्ठाघर र सूर्यविनायक नगरपालिकाको बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स शव भेटिएको छ । हत्या गरी फ्याँकेको अवस्थामा टाउको नभएको अवस्थामा महिलाको शव भेटिएको हो ।

    प्रहरीले ती महिलालाई करिब एक साताअघि हत्या गरेर खोलामा फ्याँकेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले हिजो साँझ खोलामा शव भेटेपछि महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान र अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहसहितको नेतृत्वको टोलीले घटनास्थलको अनुसन्धान गरी राति शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

    गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भइरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी नीलो सुरुवाल र कलेजी रङको कुर्था लगाएको, टाउको नभएको, तिघ्रा र खुट्टामा जनावरले खाएकोजस्तो कोतरेको र बायाँ हातको नाडीमुनिको भाग नभएको पहिचान खुल्न नसकेको एक महिलाको टाउको नभएको विभत्स शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो ।

    घटनास्थलको अवस्था हेर्दा अन्य ठाउँमा हत्या गरी यहाँ ल्याएर फ्याँकेको हुनसक्ने अनुमान गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “शवको टाउको छैन, घटनास्थलको अवस्था हेर्दा अन्तै घटना गराएर खोलामा ल्याएर शव फ्याँकेको हो कि भन्ने अनुमान गरेका छौँ, शवलाई प्लाष्टिकमा बेरेर, ठूलो झोलामा हालेर त्यसलाई पनि बोरामा हालेर ल्याएर फ्याँकेको अनुमान छ, शव हेर्दा घटना कम्तीमा एक साताअघिको हनुपर्ने अनुमान गरेका छौँ ।”

    घटनास्थलबाट प्रहरीले प्लाष्टिक, झोला, बोरा, बोरा बाँधेको तारलगायतका सामग्रीहरु बरामद गरेको छ । शव कसको हो भन्ने पहिचान हुन नसकेको जानकारी दिँदै प्रहरी उपरीक्षक प्रधानले शव पहिचान गर्न र विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.