सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना नियन्त्रणका लागि सातै प्रदेशमा औषधिजन्य सामग्री पठाइयो


  •    न्युजभित्तो/१७ चैत्र २०७६, सोमबार १८:१६ 
  • काठमाडौँ । सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन् ।

    आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ ।

    सरकारले सातै प्रदेशमा प्रयोगशाला संचालन गरेर त्यहीँ नै कोभिड १९ परीक्षण गर्नेछ । यसअघि काठमाडौँमा मात्र नमूना परीक्षण हुने गथ्र्यो । आइतबारदेखि धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा नमूना परीक्षणको काम शुरु गरिएको छ ।

    प्रदेशस्तरमा रहेका अस्पतालका प्रयोगशालाको स्तर वृद्धि गरी सञ्चालन सम्भाव्यताका लागि विज्ञको टोली पनि पठाइसकिएको स्वास्थ्यमन्त्रीका स्वास्थ्यविज्ञ डा खेम कार्कीले जानकारी दिनुभयो । प्रदेशका प्रयोगशालाको स्तर वृद्धिसँगै चीनबाट ल्याइएका आवश्यक ठाउँमा बोक्न सकिने यन्त्र (पोर्टेबल पिसिआर मेशिन)पनि विकल्प (ब्याकअप)का लागि पठाइने उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सबै प्रदेशमा पठाइएका सामग्रीमा व्यक्तिगत सुरक्षा कवच (पिपिई) एकएक हजार थान, सर्जिकल मास्क १०÷१० हजार थान, पञ्जा दुईदुई जार थान तथा एन९५ मास्क एकएक हजार थान पठाइएका छन् ।

    मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा कोभिड १९ को नमूना परीक्षणका लागि प्रदेशमा प्रयोगशाला विज्ञ खटाएको छ । मन्त्रीका स्वास्थ्यविज्ञ डा. कार्कीका अनुसार प्रयोगशाला विज्ञका रुपमा प्रदेश २ को जनकपुरमा सुरेन्द्र मधुप, डा. निराजन भुसाल र विवेक तिमिल्सेनालाई पठाइएको छ ।

    यस्तै वाग्मती प्रदेशको हेटौँडामा विष्णु उपाध्याय र निर्मल आचार्य, गण्डकी प्रदेशको पोखरामा प्रयोगशाला विज्ञका रुपमा बलराम गौतम, श्रीराम बाँस्तोला र रोजी पाण्डे, प्रदेश नं ५ को बुटवलमा प्रयोगशाला विज्ञका रुपमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ । नेपालगञ्जमा रामकृष्ण श्रेष्ठ तथा कर्णाली प्रदेश सुर्खेत र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला विज्ञका रुपमा क्रमशः डा महेन्द्रप्रसाद भट्ट र सुनिलप्रसाद लेखक रहनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.