सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल एयरलाइन्सको जहाज नेपालगञ्जमा दुर्घटना, सवार सबै सकुशल


  •    न्युजभित्तो/१५ चैत्र २०७६, शनिबार १५:५८ 
  • नेपालगञ्ज । रााष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज आज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ । जहाज दुर्घटनापछि त्यसमा सवार सबैजनालाई तत्काल सकुशल उद्धार गरिएको छ ।

    काठमाडौँबाट कोरोना भाइरसका लागि चिकित्सक र औषधिजन्य सामग्री लिएर आएको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावन मार्गदेखि ६० मिटर टाढा दक्षिणतिर चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज उड्डयन प्राधिकरणका प्रमुख प्रेमनारायण ठाकुरले जानकारी दिनुभयो ।

    नेपाल एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै उद्धार टोली खटिएको र जहाजमा रहेका चालक दललगायत चिकित्सकसहित पाँचजनालाई तत्काल सकुशल उद्धार गरिएको र औषधि पनि निकालिसकिएको प्रमुख ठाकुरले बताउनुभयो ।

    बाँके र धनगढीका क्वारेन्टाइनमा राखिएका बिरामीबाट सङ्कलन गरिएको नमूना लिनका लागि आएको जहाज धावनमार्गमा चिप्लिएपछि नेपाल एयरलाइन्सकै अर्को जहाज इन्जिनियरसहितको टोली लिएर नेपालगञ्ज आउँदै गरेको र दुर्घटनाका कारण पछि खुल्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.