बागलुङकी १९ वर्षीया युवतीमा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच पुग्यो
न्युजभित्तो/१५ चैत्र २०७६, शनिबार १७:१२
काठमाडौँ । नेपालमा थप अर्को एक जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको छ । यससँगै कोभिड–१९ सङ्क्रमित नेपाली पाँच जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ भेटिएको जानकारी दिनुभयो ।
उनी बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ उडानबाट यही चैत ४ गते नेपाल आएकी थिइन् । उनको अवस्था अहिले सामान्य छ । उनलाई बागलुङबाट काठमाडौँ ल्याउने तयारी गरिएको जनाइएको छ ।
नेपालमा हालसम्म आठ सय ७५ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा पाँच जनामा कोरोना पुष्टि भएको छ भने आठ सय ७० जनामा कोरोना भाइरस नभएको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।