सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा कार्यकर्तालाई अध्यक्षद्वयको परिपत्र : स्वयंसेवकको भूमिकामा परिचालित हुनु


  •    न्युजभित्तो/१५ चैत्र २०७६, शनिबार ०८:१२ 
  • काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश (सर्कुलर) गरेको छ ।

    अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । पार्टीले अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय सङ्गठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने र लकडाउनको पालना गरी स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुने भनी निर्देशन दिएको छ ।

    सर्कुलरमा हवाई वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइशोलेसन वा क्वारेन्टाइनमा रहन प्रेरित गरी त्यस्ता व्यक्तिको लगत सङ्कलनमा सघाइ नजिको स्वास्थ्य चौकीलाई सूचीत र स्थानीय तहमा आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणमा सहयोग गर्न भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.