सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना विरुद्ध जिल्लास्तरीय व्यवस्थापन समिति गठन, भरतपुर कार्यदल विघटन


  •    न्युजभित्तो/१४ चैत्र २०७६, शुक्रबार २२:२७ 
  • चितवन । चितवनमा प्रदेश सभा सदस्य विजय सुवेदीको संयोजकत्वमा ‘कोरोना प्रकोप बिरुद्ध जिल्लास्तरीय व्यवस्थापन समिति’ गठन भएको छ । जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलका जिल्ला प्रमुखहरु र सरोकारवालाहरुको आज जिल्ला प्रशासन कार्यालय, चिवतनमा भएको भेलाले १५ सदस्यीय समिति गठन गरेको हो ।

    यो समिति गठनसँगै यसअघि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालको संयोजकत्वमा गठन भएको भरतपुर कोरोना नियन्त्रण कार्यदललाई विघटन गरिएको छ ।

    समितिका सदस्यमा भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ रहनु भएको छ ।

    त्यस्तै, समितिका सदस्यहरुमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. अनिलविक्रम कार्की, चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपाने, कलेज अफ मेडिकल साईन्सेजका निर्देशक डा. मनोहर प्रधान, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा. भोजराज अधिकारी, निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवर, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ र उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल रहनुभएको छ ।

    समितिका आमन्त्रित सदस्यहरुमा जिल्लाका सवै नगरपालिका र गाउँपालिका प्रमुख तथा जिल्ला प्रहरी प्रमुखलाई राखिएको छ । जसमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, खैरहनी नगरपालिका प्रमुख लालमणी चौधरी, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, ईच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङ र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ रहनु भएको छ ।

    समितिको सल्लाहाकार संयोजकमा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोख्रेल र सहसंयोजकमा प्रदेश सभा सदस्य घनश्याम दाहाल रहनु भएको छ । सल्लाहकार समितिका सदस्यहरुमा जिल्लाका प्रदेश सभा सदस्यहरु सबैलाई राखिएको छ ।

    भेलाले समिति गठन गरेसँगै यसअघि गठन भएको भरतपुर कोरोना नियन्त्रण कार्यदललाई विघटन गरेको छ । भेलाले भरतपुर महानगरपालिकाको अग्रसरतामा गठन भएको सो समितिमा रहेर सहयोग पुर्याउने सरकारी अस्पताल, निजी अस्पतालहरु, निजी मेडिकल कलेज, उद्योगी व्यवसायी सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

    साथै उक्त भेलाले भरतपुर कोरोना नियन्त्रण कार्यदलअन्तर्गत सञ्चालनमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालको व्यवस्थापन भरतपुर अस्पतालको व्यवस्थापनमा समायोजन गर्ने निर्णय गरेको समितिका संयोजक सुवेदीले जानकारी दिनुभयो । भेलाले नेपाल सरकार समक्ष जिल्लामानै कोरोना परीक्षण गर्ने प्रविधि र आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन आग्रह गर्ने निर्णय गरेको छ ।

    संयोजक सुवेदीले समिति स्वास्थ्यसँगै मानवीय संवेदनशीलतालाई मध्यनजर गर्दै एकद्वार प्रणालीबाट प्रकोप व्यवस्थापन गर्न जुट्ने बताउनुभयो । स्थानीय तह, प्रदेश र संघसँग समन्वय गरेर आफुले काम गर्ने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.