सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली अस्पतालबाट डिष्चार्ज, २० घण्टा अस्पतालमा


  •    न्युजभित्तो/१४ चैत्र २०७६, शुक्रबार २०:०८ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिष्चार्ज हुनुभएको छ । अकस्मात मुटुको धड्कन बढ्ने समस्या देखिएपछि उहाँलाई बिहीबार राति मनमोहन कार्डियो थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

    आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ भएसँगै प्रधानमन्त्री ओली अस्पतालबाट डिष्चार्ज हुनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ ।

    ‘उहाँ बिहीबार राती ११ः३० बजेपछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो ।

    प्रधानमन्त्री ओलीको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयले उपचारमा संलग्न अस्पताल, चिकित्सक, नर्सलगायत सबैमा धन्यवाद ज्ञापन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.