नेपालमा कोरोना सङ्क्रमित चौथो व्यक्ति भेटिए, धनगढीमा उपचार हुँदै
"सङ्क्रमित दुबईबाट आएका थिए "
न्युजभित्तो/१४ चैत्र २०७६, शुक्रबार १९:४३
काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमणको चौथो विरामी भेटिएका छन् । उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ती व्यक्तिको ल्याब टेष्टमा कोरोनाको सङ्क्रमण प्रमाणित भएको पुष्टि गर्नुभएको छ । दुबईबाट आएका उनी स्वास्थ्यमा समस्या आएपछि चैत ११ गते अस्पताल भर्ना भएका थिए ।
यसअघिका तीनवटै कोरोना सङ्क्रमित काठमाडौँ उपत्यकामा भेटिएका थिए । उपत्यका बाहिर पहिलो कोरोना सङ्क्रमित धनगढीमा भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले अरु पनि सङ्क्रमित हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न र लकडाउनको बेलामा कोहीपनि घर बाहिर ननिस्कन आग्रह गर्नुभएको छ ।